default_image

4 years ago

December 14, 2020

डडेल्धुरालाई हराउँदै अछाम फाइनलमा

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता लागि सुदूरपश्चिम प्रदेश छनोटको समूह बी बाट अछाम फाइनलमा पुगेको छ ।

अछामले सोमबार डडेल्धुरालाई २ विकेटले हराउँदै नेट रनरेटका आधारमा शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको छ । जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको अछामले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा स्थान पक्का गर्यो ।

अछामलाई फाइनल सम्म पुर्याउन मध्यक्रमका सुरज तिरुवा ६२ बलमा ७ चौका र २ छक्का सहित ६० रनमा अविजित रहँदै म्यान अफ द म्याच चुनिए । सञ्जु धामी ३७, दीपक टमटा १२, अर्जुन साउद २३, अनिल कुवँरले १० रनको योगदान दिए । डडेल्धुराका कप्तान सन्तोष भट्टले ३ विकेट लिएपनि जितको लागि पर्याप्त भएन । कृष ऐरले २, राहुल भण्डारी र अरुण ऐरीले १–१ विकेट लिए ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुरा ३१.४ ओभरमा १ सय ६८ रनमा अल आउट भएको थियो । अरुण ऐरीले ४८ र सुरेन्द्र पन्तले ४१ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । प्रकाश शाह २८, सन्तोष भट्ट ९ रनमा आउट भए । अछामका अनिल कुँवरले महत्वपूर्ण ४ विकेट लिए । दीपक टमटाले ३ विकेट लिँदै सस्तैमा समेट्न सहयोग गरेका थिए ।

अर्को खेलमा कञ्चनपुरले डोटीलाई १ सय १६ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ थालेको कञ्चनपुर ४८.४ ओभरमा २ सय ८३ रनमा अल आउट भयो । कञ्चनपुरका अनिल कुमार थापा ७१, किरन ठंगुन्ना र हेमन्त धामी ५४–५४ रनमा आउट भए । सुशिल खड्का २९, अनुज अधिकारी १९ र मिलन बोहरा १३ रनमा आउट भए । कञ्चनपुरले ३७ रन एक्स्ट्रा पाएको थियो । डोटीका भोजराज भट्टले ९.४ ओभरमा १ मेडन राख्दै ४८ रन खर्चेर ५ विकेट लिए ।

२ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको डोटी ३६.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । डोटीका आयुव चन्दले १ सय ११ बलमा १७ चौका सहित ८९ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । सविन महरा १३ र भोजराज भट्टले १२ रनको योगदान दिए । कञ्चनपुरका आकाश थापाले ३, विकाश आग्री र हेमन्त धामीले २–२ विकेट लिए ।

समूह बी मा अछामले डडेल्धुरालाई सामान्य रनरेटको आधारमा पछि पार्दै फाइनलमा पुगेको हो । तीन खेलमा २–२ का साथ समान चार अंक भएपनि अछाम नेट रनरेटमा अघि रह्यो । अछामको नेटरनरेट ०.८५९ रहँदा डडेल्धुराको ०.८५२ रह्यो । अछामले समूह ए को विजेतासँग पुष ३ मा फाइनल खेल्ने छ । कञ्चनपुर तेस्रो र डोटी पुछारमा रहेर बाहिरिए । समूह ए को खेल मंगलबार देखि सुरु हुने छ । समूह ए मा बैतडी, कैलाली, बझाङ र दार्चुला छन् ।

March 16, 2025

पिएम कप – विपिनको ६ विकेटमा कोशीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आज प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा लज्जास्पद हार बेहोरेको छ। जारी पिएम कपमा पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि सकिब हकले नट आउट रहँदै २२ बलमा […]

March 16, 2025

गण्डकीको लज्जास्पद योगफल

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लज्जास्पद ब्याटिङ गरेको छ । कोशीविरुद्धको जारी खेलमा गण्डकी ३१ रनमा अल आउट भएको हो । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा अल आउट भएको‌ हो । यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो । यसअघि […]

March 16, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको सहज जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आईमा आइतवार ९ विकेटको सहज जित हासिल गरेको छ । ९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन जोडे । फिन एलेन १७ बलमा २ चौका र […]

Success

Thank you for your time.