default_image

4 years ago

December 14, 2020

साम्सको अलराउन्ड प्रर्दशनमा सिड्नी विजयी

73 views

0 Bookmark

एजेन्सी – बिग ब्यास लिग २०२०/२१ सिजनको सातौं खेलमा तीव्र गतिका बलिङ अलराउन्डर ड्यानियल साम्सको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा सिड्नी थन्डरले ब्रिस्बेन हिटलाई ४ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सिड्नीको जितमा तल्लोक्रमका ड्यानियल साम्सले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ३ चौका र ७ छक्का सहित ६५ रनमा अविजित रहँदै जित पक्का गरे । सिड्नीले सुरुवात भने खराब गरेको थियो ।

ओपनर उस्मान खवाजा १७, एलेक्स हेक्स र कलुम फर्गुसन शून्यमा आउट भएका थिए । एलेक्स रोस ३४, बक्सटर होल्ट २९ र बेन कटिङ २३ रनमा आउट भए । हिटका ज्याक वाइल्डर्मुथले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको हीटले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । कप्तान क्रिस लिनले ४४ बलमा ३ चौका र ५ छक्का सहित सर्वाधिक ६९ रनको योगदान दिएपनि बलर नचल्दा टोलीलाई जित दिलाउन सकेनन् ।

ड्यान लरेन्स २०, ज्याक वाइल्डर्मुथ ३१, साम हिजलेट २० र म्याक्स ब्रायन्ट २९ रनमा आउट भए । सिड्नीका ड्यानियल साम्स र जोनाथन कुकले २–२ विकेट लिए ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.