default_image

4 years ago

December 14, 2020

राप्ती एक विकेटले विजयी

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र तीव्र गतिका बलर कमल सिंह ऐरीको उत्कृष्ट ब्याटिङको सहयोगमा राप्तीले गौतम बुद्ध कप प्रतियोगिता लिग चरणको अन्तिम खेलमा नारायणीमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।

पराजित भएपनि नारायणीले उपाधिको लागि मंगलबार राप्तीसँग प्रतिस्पर्धा गर्ने छ । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको राप्तीले १९.५ ओभरमा ९ विकेट गुमाउदै पूरा गर्यो । राप्तीलाई जितको लागि अन्तिम ६ बलमा ४ रन आवश्यक थियो । दुई नो बलमा जीवनदानको सहयोगमा राप्तीले जित हात पार्यो । दीपेश श्रेष्ठले सुरुवाती दुई बल स्पिरन सूर्य तामाङलाई डट राखेका थिए ।

तेस्रो बलमा सूर्य बोल्ड आउट भएपनि नो बलका कारण जीवनदान पाएका थिए । नो बल डट भएपनि चौथो बलमा एक रन लिदै कमललाई स्ट्राइक दिएका थिए । पाँचौ बल कमललाई डट गर्दा खेल रोमान्चक बनेको थियो । छैटौं बलमा दीपेशको फुलटस बलमा साहब आलम क्याच आउट भएपनि नो बलको कारण राप्ती विजयी हुन पुग्यो ।

राप्तीलाई अन्तिम १२ बलमा १९ रन आवश्यक रहँदा एक विकेटमात्र हातमा थियो । १९ औं ओभरमा कमलले करण केसीलाई एक छक्का र २ चौका सहित कुल १५ रन जोड्दै सहज बनाएका थिए । कमल १५ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । सूर्य ६ बलमा १ रन जोडे ।

राप्तीका ओपनर कुशल भुर्तेलले ४१ बलमा ४ चौका र ६ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए । भुर्तेलले ११ औं ओभरको दोस्रो बलमा किशोर महतोलाई छक्का प्रहार गर्दै ३७ बलमा अर्ध शतक प्रहार गरेका थिए । जुन अर्ध शतक गौतम बुद्ध कपको पहिलो अर्ध शतक समेत हो ।

राप्तीको सुरुवात खराब रह्यो । पहिलो बलमै ओपनर अमित श्रेष्ठलाई करण केसीले शून्यमा बोल्ड आउट गरेका थिए । आसिफ शेखले ११ बलमा २ चौका र १ छक्का सहित १४ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तर उनी क्रिजमा धेरै समय भने टिक्न सकेनन् । करणले तेस्रो ओभरको चौथो बलमा आसिफलाई विकेटकिपर राजु रिजालबाट क्याच गराउँदै दोस्रो सफलता दिलाए ।

तेस्रो विकेटका लागि कुशल भुर्तेल र सुमित महर्जनले ७३ रनको उत्कृष्ट साझेदारी गर्दै सहज जिततर्फ अघि बढाएका थिए । ११ औं ओभरको पाँचौ बलमा किशोरले कुशललाई बोल्ड आउट गरेपछि नारायणीले खेलमा पूनरागमन गरेको थियो । १२ औं ओभरको दोस्रो बलमा सुमितलाई स्पिनर साहब आलमले १२ रनमा क्याच आउट गराए । सुमितले १५ बलमा २ चौका प्रहार गरे । १३ औं ओभरको अन्तिम बलमा करणले हरि चौहानलाई ४ रनमा क्याच आउट गराएपछि राप्ती दबाबमा परेको थियो ।

स्पिनर सुशन भारीले भुवन कार्कीलाई ३ रनमा क्याच आउट गराउँदा राप्ती १५.२ ओभरमा १०८–६ को कमजोर अवस्थामा पुगेको थियो । राप्तीको सबै दबाब र जिम्मेवारी कप्तान विनोद भण्डारीको काँधमा गएको थियो । तर भुवन आउट भएको तीन बलपछि भण्डारी पनि ४ रनमा साहब आलमबाट क्याच आउट हन पुगेपछि राप्ती समस्यामा परेको थियो ।

कप्तान करण केसीले ४ ओभरमा १ मेडन सहित २४ रन खर्चेर ३ विकेट लिए । स्पिनर सुशन भारीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । साहब आलमले ४ ओभरमा २ मेडन राख्दै ६ रन खर्चेर १ विकेट लिए । दीपेश श्रेष्ठको नाममा एक विकेट रह्यो । किशोर महतोले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणीले ओभरमा २० विकेट ८ गुमाउदै १ सय ३८ रन बनाएको थियो । नारायणीका कार्यबाहक कप्तान करण केसी २२ बलमा १ चौका र ३ छक्का सहित ३२ रनमा आउट भए । तल्लोक्रममा आक्रामक ब्याटिङ गरेका किशोर महतो १४ बलमा २ चौका र ४ छक्का सहित ३६ रनमा अविजित रहे ।

एक समय १५।५ ओभरमा ७९–७ को अवस्थामा रहेको नारायणीलाई आठौं विकेटका लागि किशोर र करणले ५९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । दोस्रो ओभरको तेस्रो बलमा ओपनर राजु रिजाल शून्यमा रन आउट हुन पुगेका थिए । तेस्रो ओभरको पहिलो बलमा स्पिनर सूर्य तामाङले सन्दीप जोरालाई १ रनमा जितेन्द्र मुखियाबाट क्याच आउट गराए ।

मुखियाको सातौं ओभरको चौथो बलमा ओपनर रित गौतम १३ रनमा कट एण्ड बोल्ड आउट हुँदा नारायणी २७–३ को कमजोर अवस्थामा पुगेको थियो । रितले १७ बलमा २ चौका प्रहार गरे ।

नारायणीका मध्यक्रमका ब्याट्सम्यान सम्हालिएर प्रर्दशन गर्न सकेनन् । कमलसिंह ऐरीले आठौैं ओभरको पहिलो बलमा ईशान पान्डेलाई विकेटकिपर विनोद भण्डारीबाट १० रनमा क्याच गराउँदै नारायणीमाथि निरन्तर दबाब बढाएका थिए । सूर्यले सिद्धान्त लोहनीलाई ८ रनमा एलबिडब्लू आउट गर्दा नारायणी १०।४ ओभरमा ४३–५ को कमजोर अवस्थामा पुग्दै संकटमा परेको थियो । स्पिनर भुवन कार्कीले १३ औं ओभरको पहिलो बलमा आरिफ शेखलाई ८ रनमा बोल्ड आउट गरे ।

अभिनास बोहराको १६ औं ओभरको पाँचौ बलमा सुशन १८ रनमा क्याच आउट भए । सुशनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । सुरुवाती ३ ओभरमा सूर्यले ४ रन मात्र खर्चिएका थिए । तर सूर्यले आफ्नो ब्यक्तिगत चौथो तथा १९ औं ओभरमा ३ छक्का र १ चौका सहित २३ रन खर्चेका थिए ।

स्पिनर सूर्य तामाङले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । अभिनास बोहराले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया, भुवन कार्की, कमल सिंह ऐरीले एक एक विकेट लिए ।

पहिलो खेलमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा राप्तीले बागमतीलाई ११ रनले हराएको थियो ।

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

Success

Thank you for your time.