4 years ago
December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता लागि सुदूरपश्चिम प्रदेश छनोटको दोस्रो दिन डडेल्धुरा र कञ्चनपुरले जित निकालेका छन् ।
डडेल्धुराले डोटीलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित निकाल्यो । कञ्चनपुरले अछामलाई एक विकेटले पराजित गर्दै पहिलो जित हात पार्यो । कञ्चनपूर विरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको अछाम ३९.२ ओभरमा १ सय ७० रनमा अल आउट भएको थियो । अछामका दीपक टमटाले ४७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए ।
सन्जु धामीले ४४ बलमा ४ चौका र १ छक्का सहित ३१, हेमन्त १२, जनक ११ र विक्रमले १३ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । कञ्चनपुरका विकास आग्री र आशिष भट्टले ३–३ विकेट लिए । आकाश चन्द २, सुरज ठंगुन्ना र आदित्य महतले १–१ विकेट लिए ।
जितका लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको कञ्चनपुरले ४० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । कञ्चनपुरका युवा आक्रामक ब्याट्सम्यान किरण ठंगुन्नाले ५४ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । तल्लोक्रमका आशिष भट्ट २४ र विकाश आग्रीले २५ रन जोड्दै टोलीलाई जित सम्म पुर्याएका थिए । लालु र विक्रमले २–२ विकेट लिए ।
अर्को खेलमा डडेल्धुराविरुद्ध टस जित्दै डोटीले पहिला ब्याटिङ गर्दै ३९ ओभरमा १ सय २९ रनमा अल आउट भएको थियो । डोटीका रिदम बलायरले सर्वाधिक ३० रनको योगदान दिए । कृष ऐर १५, हिक्मत २०, शिशिर थापा १६ र आयुशले १७ रन बनाए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । डडेल्धुराले कप्तान सन्तोष भट्टले १० ओभरमा ३ मेडन सहित २४ रन खर्चेर ३ विकेट लिए । राहुल भण्डारी, कैलास ऐर र अरुण ऐरीले २–२ विकेट लिए ।
जितका लागि १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको डडेल्धुराले ५ विकेट गुमाउँदै पूरा गर्यो । डडेल्धुराको जितमा कप्तान सन्तोष भट्ट ६५ बलमा ६ चौका र २ छक्का सहित ५६ रनमा अविजित रहे । राहुल भण्डारी २६, विशाल ऐर १३, रोसन साउद ९ रनमा आउट भए । डोटीका सविन महराले ३ विकेट लिएका थिए ।
पहिलो खेलमा शनिबार डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले हराएको थियो । अछामले पहिलो खेलमा डोटीलाई ६१ रनले हराएको थियो । सुदूरपश्चिम छनोट पुष ३ सम्म चल्ने छ । समूह ए मा बैतडी, कैलाली, बझाङ र दार्चुला छन् । समूह बी मा अछाम, कञ्चनपुर, डडेल्धुरा र डोटी छन् । दुबै समूहका शीर्ष स्थानका टोली फाइनल भिड्ने छन् ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]