4 years ago
December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेशन नम्बर २ छनोटमा सप्तरीका कप्तान महबुब आलमले विष्फोटक शतक प्रहार गरेका छन् ।
जनकपुरमा जारी छनोटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउन्डर समेत रहेका महबुबको उत्कृष्ट शतकको सहयोगमा सप्तरीले प्रदेश २ छनोटमा लगातार दोस्रो जित निकालेको छ । सप्तरीले आइतबार महोत्तरीलाई ७ विकेटले पराजित गर्दै सेमिफाइन यात्रा सहज बनाएको छ ।
महोत्तरीले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सप्तरीले २६.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा । सप्तरीलाई सहज जित दिलाउन कप्तान महबुब आलमले मात्र ४७ बलमा ८ चौका र १० छक्का सहित १ सय १ रनको अविजित शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए ।
ओपनर तथा विकेटकिपर आशिष झा ५० बलमा ५ चौका र ४ छक्का सहित ६३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । युवा ओपनर रोहन बिके १२ र अमित यादव १८ रनमा आउट भए । राहुल मण्डल २२ रनमा अविजित रहे । महोत्तरीका कप्तान राहुल प्रताप सिंह, पुरज ढुंगेल र मोहम्मद युसुफले एक एक विकेट लिए ।
त्यसअघि बाह्रबिघा मैदान जनकपुरमा टस हारेर ब्याटिङ थालेको महोत्तरीले निर्धारित ४५ ओभरमा ७ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । महोत्तरीका युवा ब्याट्सम्यान रवि सिंह ८६ बलमा १० चौका र ५ छक्का सहित १ सय ८ रनमा अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त रहेन ।
ओपनर आदित्य झा २१, राजकुमार साहनी २६, सौरभ २०, अरुण मण्डल ४, सतिस यादव १० र राहुल प्रताप सिंह १८ रनमा आउट भए । सप्तरीका राहुल मण्डल, विकास दास, रोविन सिंह, महबुब आलम, अनुज यादव र रोहित सिंहले १–१ विकेट लिए ।
समूह ए को खेलमा यो जितसँगै सप्तरी शीर्ष स्थानमा छ । तीन खेलमा २ मा जित र १ मा हारेको महोत्तरी दोस्रो स्थानमा छ । धनुषा तेस्रो र सिराह चौथो स्थानमा छन् । प्रधानमत्री कपको लागि प्रदेश २ को छनोटमा बिहिबार देखी पुष ५ सम्म आठ टोलीले दुई समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
समूह ‘ए’ मा धनुषा, महोत्तरी, सिराह र सप्तरी छन् । समूह ‘बी’ मा सर्लाही, पर्सा, बारा र रौतहट छन् । समूह चरणमा सबै टोलीले एक अर्का टोलीबीच खेल्ने छन् । समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्ने छन् ।
यस प्रतियोगिताको प्रर्दशनलाई आधार मान्दै पुष दोस्रो साता देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय कपको लागि प्रदेश २ ले आफ्नो टोली घोषणा गर्नेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]