4 years ago
December 13, 2020
एजेन्सी – बिग ब्यास लिग २०२०/२१ मा होबार्ट हरिकेन्सले लगातार दोस्रो जित हात पारेको छ । होबार्टले आफ्नो दोस्रो खेलमा आइतबार एडिलेड स्ट्राइकर्सलाई ११ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको एडिलेडले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । एडिलेडका ड्यानियल वर्रल ३९ बलमा ७ चौका र ३ छक्का सहित ६२ र ड्यानी ब्रिग्स १८ बलमा ४ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहेपनि टोलीलाई जिताउन सकेनन् । म्याट रेन्शा ३३ र फिल साल्ट ८ रनमा आउट भए । होबार्टका तीव्र गतिका बलर जेम्स फल्क्नरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । राइली मेरेडीथ र जोहन बोथाले २–२ विकेट लिए
त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । होबार्टका ओपनर डार्सी सर्टले ४८ बलमा ६ चौका र ४ छक्का सहित ७२ रन जोड्दै प्लेयर अफ द म्याच चुनिए । अर्का ओपनर विल ज्याक्स २५ बलमा २ चौका र २ छक्का सहित ३४ रनमा आउट भए ।
कोलिन इनग्राम २५ रनमा आउट हुँदा टिम डेभिड २१ र जेम्स फल्क्नर १२ रनमा अविजित रहे । एडिलेडका वेस अगरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । राशिद खान, पिटर सिडेल र ड्यानियल वर्रलले एक एक विकेट लिए ।
होबार्टले पहिलो खेलमा सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको थियो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पनि यस सिजनको बिग ब्यास होबार्टबाटै खेल्ने छन् । तर सन्दीप जनवरीमा मात्र उपलब्ध हुने छन् । सन्दीप मंगलबार अष्ट्रेलियातर्फ जाने छन् ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]