4 years ago
December 13, 2020
एजेन्सी – बिग ब्यास लिग २०२०/२१ सिजनको छैटौं खेलमा सिड्नी सिक्सर्सले मेलबर्न रेनेगड्सलाई १ सय ४५ रनको फाराकिलो अन्तरले पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको रेनेगड्स १०.४ ओभरमा ६० रनमा अल आउट हुन पुग्यो । रेनेगड्सका शन मार्स, केन रिचर्डसन् र ज्याक फ्रेजर म्याकगुर्कले १३–१३ तथा कप्तान आरोन फिन्चले १२ रन बनाउन बाहेक अन्यले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
रेनेगड्सका चार खेलाडीले खाता खोल्न सकेका थिएनन् । सिक्सर्सका बेन ड्यारहुसीले २.४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । स्टिभ ओकीफले ३ र कार्लोस ब्रेथवेटले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको सिक्सर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । युवा ओपनर तथा विकेटकिपर ब्याट्सम्यान जोश फिलिपेले ५७ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ९५ रनको योगदान दिए । फिलिपेनै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए ।
ज्याक एडवार्डस १, जेम्स भिन्स १७ र कप्तान ड्यानियल हक्स ३२ रनमा आउट भए । तल्लोक्रममा जोर्डन सिल्क १९ बलमा ७ चौका र १ छक्का सहित ४५ रनमा अविजित थिए । रेनेगड्सका पिटर हाटजोग्लोले २, जोस लालोर र केन रिचर्ड्सनले एक एक विकेट लिए ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]