4 years ago
December 13, 2020
चितवन (हाम्रो खेलकुद) – भरतपुरको चितवनमा जारी गौतम बुद्ध कप प्रतियोगितामा राप्ती पहिलो जितसँगै फाइनलमा पुगेको छ ।
आइतबार राप्तीले बागमतीलाई ११ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । पहिलो खेलमा बागमतीलाई सुपर ओभरमा पराजित गरेको नारायणी पनि राप्तीको जितसँगै फाइनलमा पुगेको छ । दुबै खेलमा पराजित भएको ज्ञानेन्द्र मल्ल कप्तान रहेको बागमती भने बाहिरिएको छ । जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा १ सय १८ रनमा अल आउट भयो । बागमतीका अलराउन्डर सोमपाल कामीले २८ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।
बागमतीका ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल चौथो ओभरको पहिलो बलमा ठूलो सट खेल्नेक्रममा मिडअफमा अमित श्रेष्ठबाट १३ रनमा क्याच आउट हुन पुगे । मल्लले १० बलमा २ छक्का प्रहार गरे । तीन बलपछि अर्का ओपनर सुनिल धमला कुशल भुर्तेलबाट ११ बलमा २ चौका सहित ११ रनमा क्याच आउट भए । नवौं ओभरको चौथो बलमा अनिल कुमार शाहलाई भुवन कार्कीले २२ रनमा क्याच आउट गराए । अनिलले १८ बलमा २ छक्का र १ चौका प्रहार गरे ।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेललाई स्पिनर सूर्य तामाङले दशौं ओभरको पहिलो बलमा १३ रनमा विनोद भण्डारीबाट क्याच गराएपछि बागमती ६०–४ को अवस्थामा पुगेको थियो । भिम सार्की ५ रनमा आउट हुन पुग्दा बागमती १३.५ ओभरमा ९४–५ को अवस्थामा पुगेको थियो । सोमपाल कामीलाई भुवन कार्कीले १६ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरे ।
१९ औं ओभरको चौथो बलमा अभिनाश बोहराले विक्रम सोबलाई ८ रनमा कुशल भुर्तेलबाट क्याच गराएका थिए । अन्तिम बलमा पवन सरार्फलाई अभिनासले १० रनमा बोल्ड आउट गरेपछि बागमतीको जितको सम्भावना टाढिएको थियो ।
भुवन कार्कीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ३.४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । राप्तीका ओपनर अमित श्रेष्ठले ३३ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २६ रनको योगदान दिए ।
तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेललाई ३ रनमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो विकेटका लागि अमित र शरद भेषावकरले ४० रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । सागर ढकालको सातौं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा अघि बढेर सट खेलेका शरद मिस हुँदा विकेटकिपर अनिल कुमार शाहबाट स्टम्पिङ आउट हुन पुगे ।
शरदले १५ बलमा ३ चौका र १ छक्का सहित २१ रन जोडे । सागरलेनै ११ औं ओभरको पाँचौ बलमा विनोदलाई २१ रनमा बोल्ड आउट गरे । कप्तान विनोदले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
१४ औं ओभरको चौथो बलमा स्पिनर ललितनारायण राजवंशीले लोकेश बमलाई कप्तान ज्ञानेन्द्र मल्लबाट १५ रनमा क्याच आउट गराए । बमले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे । सोमपालले भुवन कार्कीलाई शून्यमा बोल्ड आउट गर्दा राप्ती १४।३ ओभरमा ९३–६ को अवस्थामा पुगेको थियो । कमलसिंह ऐरी १६, जितेन्द्र मुखिया ९ र अभिनाश बोहराले ७ रनको योगदान दिए ।
बागमतीका तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । युवा तीव्र गतिका बलर राशिद खानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । विक्रम सोब र ललित नारायण राजवंशीको नाममा एक एक विकेट रह्यो ।
पहिलो खेलमा बागमती नारायणीसँग सुपर ओभरमा पराजित भएको थियो । तीन टोलीबीच भएको यस गौतम बुद्ध कपमा लिग चरणको अन्तिम खेलमा सोमबार राप्ती र नारायणी भिड्ने छन् । फाइनलमा पनि यी दुई टोलीबीच मंगलबार प्रतिस्पर्धा हुने छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]