default_image

4 years ago

December 12, 2020

टि२० महिला विश्वकपको एसिया छनोट सेप्टेम्बरमा

108 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ मा दक्षिण अफ्रीकामा हुने टि२० महिला विश्वकपका लागि छनोटको विवरण सार्वजनिक गरेको छ ।

नेपालले मलेसियामा हुने एसिया छनोटमा ८ टोली सम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बर २० देखि २६ २०२१ मा हुने उक्त छनोट प्रतियोगितामा नेपाल र आयोजक मलेसियासँगै भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र यूएई रहनेछन् । उक्त छनोटको विजेताले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ ।

विश्वकप छनोटको अन्तिम चरण सन् २०२२ मा हुनेछ । उक्त प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले विश्वकपमा खेल्नेछन् । विश्वकपमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक क्षेत्रीय छनोटमा ८ नयाँ टोलीले सहभागिता जनाउँदै छन् । ७ महिना लामो छनोट प्रक्रियामा १ सय १५ खेल हुने आइसिसीले जनाएको छ । छनोटमा कुल ३७ टोलीको सहभागिता रहनेछ । क्षेत्रीय छनोटबाट अगाडी बढ्ने नसकेको मध्यबाट वरीयतामा शीर्षस्थानमा रहने एक टोलीले पनि विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.