4 years ago
December 12, 2020
चितवन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर बिक्रम शोब र राशिद खानको राम्रो अन्त्यमा गौतम बुद्ध कप प्रतियोगिता पहिलो खेलमा बागमतीले नारायणीलाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।
भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको बागमती २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो ।
एक समय ११.२ ओभरमा ५०–७ को अवस्थामा रहेको बागमतीलाई तीव्र गतिका बलर राशिद खान र विक्रम सोबले आठौं विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै एक सय रनको योगफल कटाएका थिए । राशिद २२ बलमा १ चौका र २ छक्का सहित २७ रनमा क्याच आउट भए । विक्रम ३१ बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे ।
बागमतीका ओपनर सुनिल धमलाले ३२ बलमा २ चौका र ३ छक्का सहित ३७ योगदान दिए । बागमतीका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युवा तीव्र गतिका बलर किशोर महतोले दोस्रो ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई सुशन भारीबाट ५ रनमा क्याच गराउँदै टोलीलाई पहिलो सफलता दिलाए । तेस्रो ओभरको अन्तिम बलमा रोहित कुमार पौडेललाई करण केसीले महतोबाट एक रनमा क्याच गराए ।
लगत्तै चौथो ओभरको पहिलो बलमा अनिल कुमार शाहलाई सुशन भारीले शून्यमा एलबिडब्लू आउट गरे । दीपेश श्रेष्ठले पाँचौ ओभरको तेस्रो बलमा पवन सरार्फलाई १ रनमा महतोबाट क्याच गराउँदा बागमती १३–४ को कमजोर अवस्थामा पुगेको थियो ।
पाँचौ विकेटका लागि धमला र प्रदीपले २८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर स्पिनर साहब आलमले दशौं ओभरको पाँचौ बलमा प्रदीपलाई ४ रनमा कप्तान सुवास खकुरेलबाट क्याच गराए । लगत्तै अर्को बलमा सोमपाल कामी शून्यमा क्याच आउट हुन पुग्दा बागमती ४१–६ को अवस्थामा पुगेको थियो ।
एकपछि अर्को लगातार विकेट गुम्दा दबाब कम गर्न १२ औं ओभरको दोस्रो बलमा साहब आलमलाई ठूलो सट खेलेका धमला सन्दीप जोराबाट क्याच आउट भएपछि बागमतीको मध्यम योगफलको सम्भावना टाढिएको थियो ।
नारायणीका स्पिनर साहब आलमले ४ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । सुशन भारीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर १ विकेट लिए । किशोर महतोको नाममा एक विकेट रह्यो । दीपेश श्रेष्ठले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]