4 years ago
December 12, 2020
एजेन्सी – न्युजिल्यान्डले वेस्टइन्डिजविरुद्ध दोस्रो तथा अन्तिम टेष्ट खेलमा विशाल अग्रता लिएको छ ।
दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ३ सय ३६ रनको विशाल अग्रता लिँदै वेस्टइन्डिजलाई फलोअन नजिक पुर्याएको छ । दोस्रो दिनको समाप्तिमा वेस्टइन्डिज पहिलो इनिङमा ५२ ओभरमा १२४-८ को कमजोर अवस्थामा छ ।
तेस्रो दिन वेस्टइन्डिजलाई फलोअनबाट बच्न १ सय ३६ रन बनाउनु पर्ने हुन्छ भने हातमा दुई विकेट बाँकी छ । ओपनर क्रेग ब्रेथवेटलाई टिम साउथीले शून्यमा रस टेलरबाट क्याच गराएका थिए । युवा अलराउन्डर काइल जामिसनले अर्का ओपनर जोन क्याम्पबेललाई १४ रनमा टम लाथमबाट क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए ।
ड्यारेन ब्राभो ७, शम्राह ब्रुक्स १४ र रोस्टन चेश शून्यमा आउट हुँदा वेस्टइन्डिज २९-४ को दयनिय अवस्थामा पुगेको थियो । उक्त अवस्थाबाट मध्यक्रमका जर्मेन ब्लाकवुडले ९२ बलमा ११ चौका सहित ६९ रन जोड्दै इनिङ केहि उकासेका थिए । ब्लाकवुडलाई टिम साउथीले लाथमबाट क्याच गराएपछि वेस्टइन्डिज संकटमा परेको थियो । कप्तान जेसन होल्डर ९ र अल्जारी जोशेफ शून्यमा आउट भए । वेस्टइन्डिजका जोशुवा डा शिल्भा २ र चेमार होल्डर ५ रनमा अविजित छन् ।
न्युजिल्यान्डका युवा अलराउन्डर काइल जामिसनले १३ ओभरमा ४ मेडन राख्दै ३४ रन खर्चेर ५ विकेट लिएका छन् । टिम साउथीले १६ ओभरमा ६ मेडन राख्दै २९ रन खर्चेर ३ विकेट लिएका छन् ।
त्यसअघि वेलिंग्टनमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड पहिलो इनिङमा १ सय १४ ओभरमा ४ सय ६० रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका मध्यक्रमका ब्याट्सम्यान हेनरी निकोल्सले सर्वाधिक १ सय ७४ रनको योगदान दिए । रोस्टन चेशले क्रेग ब्रेथवेटबाट क्याच गराउनु अघि निकोल्सले २ सय ८० बलमा २१ चौका र १ छक्का प्रहार गरे । यो निकोल्सको टेष्ट करिअरको उत्कृष्ट प्रर्दशन हो । समग्रमा उनको छैटौं टेष्ट शतक प्रर्दछ ।
तल्लोक्रममा तीव्र गतिका बलर नील वाग्ररले आफ्नो टेष्ट करिअरको पहिलो अर्ध शतक प्रहार गर्नेक्रममा ४२ बलमा ८ चौका र ४ छक्का सहित ६६ रनमा अविजित रहँदै टोलीलाई विशाल योगफलमा पुर्याउन सहयोग गरे ।
ओपनर टम ब्लन्डेललाई १४ र टम लाथम २७ रनमा आउट भएका थिए । विल योंग ८७ बलमा ४ चौका सहित ४३ रनमा क्याच आउट भए । अनुभवी ब्याट्सम्यान रस टेलर ९ रनमा क्याच आउट हुन पुगे । बिजे वाटलिङ ३० र डर्याल मिचेल ४२ रनमा आउट भए । काइल जामिसन २० र टिम साउथी ११ रनमा आउट भए । वेस्टइन्डिजका तीव्र गतिका बलर शनोन ग्रेबियलले र अल्जारी जोशेफले तीन तीन विकेट लिए । चेमार होल्डर र रोस्टन चेशको नाममा २-२ विकेट रह्यो ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]