default_image

4 years ago

December 11, 2020

म्याक्सवेल चम्कँदा स्टार्सको विजयी सुरुवात

71 views

0 Bookmark

एजेन्सी – कप्तान ग्लेन म्याक्सवेल र तीव्र गतिका बलर नाथन कुल्टर नाइल चम्कँदा बिग ब्यास लिग (बिबिएल) २०२०/२१ मा मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ ।

स्टार्सले शुक्रबार ब्रिस्बेन हीटलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि १ सय २६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको स्टार्सले १७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । स्टार्सको जितमा हिल्टन कार्टराइट ४२ बलमा ४ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे ।

कप्तान ग्लेन म्याक्सवेल २६ बलमा ३ चौका र ३ छक्का सहित ४६ रनमा बोल्ड आउट भए । म्याक्सवेललाई १५ औं ओभरको चौथो बलमा ज्याक वुडले बोल्ड आउट गरेका थिए । ओपनर मार्कस स्टोइनिस शून्य र आन्द्रे फ्लेचर १२ रनमा आउट भए । बेन डंक पनि ६ रनमा आउट भएका थिए ।

चौथो विकेटका लागि म्याक्सवेल र कार्टराइटले ५३ बलमा ७५ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । निक लर्किन १२ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । ब्रिस्बेन हीटका ज्याक वुडले सर्वाधिक २ विकेट लिए । जेभियर बार्टलेट र म्याथ्यू कुन्नेमानले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको ब्रिस्बेन हीट १९.५ ओभरमा १ सय २५ रनमा अल आउट भएको थियो । हीटका कप्तान क्रिस लिन र म्याक्स ब्रयान्टले २०–२० रनको योगदन दिए । टम कपुर २६, जिमी पीरसन १८, साम हिजलेट १४ रन जोड्न बाहेक अन्यले राम्रा प्रर्दशन गर्न सकेनन् । स्टार्सका तीव्र गतिका बलर नाथन कुल्टर नाइलले ३.५ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । दिलबर हुसैनले २ विकेट लिए ।

स्टार्सले दोस्रो खेल शनिवार सिड्नी थन्डरसँग खेल्ने छ । ब्रिस्बेन हीटले सोमबार सिड्नी थन्डरसँगै प्रतिस्पर्धा गर्ने छ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.