4 years ago
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई प्रशिक्षण क्याम्पबाट फुकुवा गर्ने भएको छ । गौतम बुद्ध कपपछि प्रधानमन्त्री कपमा सहभागी हुन खेलाडीलाई फुकुवा गरिने भएको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा भरतपुरको चितवनमा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबारदेखि गौतम बुद्ध कप सुरु हुँदैछ । बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा नारायणी, राप्ती र बागमती गरी तीन टोलीले प्रतिस्पर्धा गर्ने छन् । सबै टोलीमा क्यानले राष्ट्रिय टोलीमा बन्द प्रशिक्षणमा बोलाएका खेलाडीहरु छन् ।
बागमती प्रदेशका सचिव तथा क्यानका केन्द्रिय सदस्य दुर्गाराज पाठकलले गौतम बुद्ध कप प्रशिक्षणकै पाटोको रुपमा भएपनि क्यानलाई आर्थिक भार नपर्ने बताउछन् । क्यानले यस प्रतियोगिता समापनसँगै बन्द प्रशिक्षणमा खेलाडीलाई राख्ने छैन । टोलीले २ साता प्रशिक्षण गरेको हो ।
‘क्यानले प्राविधिक रुपमा मात्र सहयोग गर्छ । अन्य सबै खर्च प्रदेशले बेहोर्ने हो । यसलाई क्याम्प भित्रकै प्रतियोगिताको रुपमा लिएका छौं । ३० गतेपछि प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिता लागि सबै खेलाडीलाई छोड्ने छौं । विभाग, प्रदेश र जिल्लाबाट खेल्ने खेलाडीले त्यसपछि तयारी गर्ने छन्’, पाठकले भने ।
‘प्रशिक्षण अघि सबै खेलाडीको पिसिआर परिक्षण गरेका थियौं । यस प्रतियोगितापछि खेलाडीले पिएम कपको तयारी गर्नेछन् । बन्द प्रशिक्षण सुरु भएपछि हामी फेरि खेलाडीको पिसिआर परिक्षण गर्नेछौं’, उनले भने ।
टियू क्रिकेट मैदान स्तरको हिसाबले नेपालको उत्कृष्ट मैदान भएपनि क्यानले चितवन जानु बाध्यता रहेको बताए । पाठकले क्यानसँग आवश्यक बजेट नभएकै कारण गौतम बुद्ध कप खेल्ने योजना बनेको जानकारी दिए । भरतपुर महानगरपालिका र अन्य संस्थाबाट सहयोग हुने भएपछि चितवनमै प्रतियोगिता हुन लागेको हो ।
‘भरतपुर महानगरपालिकाले गौतम बुद्ध कपको लागि १० लाख र प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गरेको छ । भरतपुरले लगानी गरेको प्रतियोगिता काठमाडौंमा गर्ने कुरा त भएन । अर्कोतर्फ चितवनमा गर्दा मैदानको राम्रो प्रचार प्रचार पनि हुन्छ । त्यो हिसाबले पनि चितवनमै गर्न लागेका हौं’, उनले भने ।
गौतम बुद्ध कपसँगै क्रिकेटको माहोल फर्कने पाठकले अपेक्षा राखेका छन् । ‘खेलाडी लामो समयदेखि खेलेका छैनन् । चार वटा खेल खेल्न पाउनु राम्रो कुरा हो । खेल नभएको पनि धेरै भएको थियो । क्यानसँग तत्काल आफैं प्रतियोगिता गर्न पैसा छैन । राष्ट्रिय प्रतियोगिता नै गर्न कठिन परिरहेको छ’, उनले भने ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]