4 years ago
December 11, 2020
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान हेनरी निकोल्सको अविजित शतकमा न्युजिल्यान्ड वेस्टइन्डिजसँगको दोस्रो तथा अन्तिम टेष्ट खेलमा पहिलो दिन पहिलो इनिङमा बलियो अवस्थामा छ ।
वेलिंग्टन मा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड ८४ ओभरमा २९४–६ को अवस्थामा पहिलो दिन समाप्त भएको छ । न्युजिल्यान्डका हेनरी निकोल्स २ सय ७ बलमा १५ चौका र १ छक्का सहित १ सय १७ रनमा अविजित छन् । निकोल्सलाई युवा अलराउन्डर काइल जामिसनले एक रन बाट दोस्रो दिन साथ दिने छन् । निकोल्सको यो टेष्ट करिअरको यो छैटौं शतक हो ।
सातौं ओभरमा शनोन ग्रेबियलले ओपनर टम ब्लन्डेललाई १४ रनमा बोल्ड आउट गरे । ओपनर तथा कार्यवाहक कप्तान टम लाथमलाई चेमार होल्डरले २७ रनमा जोशुवा डी सिल्भाबाट क्याच गराउँदै पेभिलिएन फर्काएका थिए । लाथमले ५३ बलमा ४ चौका प्रहार गरे । विल योंग ८७ बलमा ४ चौका सहित ४३ रनमा क्याच आउट भए । योंगलाई ग्रेबियलले होल्डरबाट क्याच गराए ।
अनुभवी ब्याट्सम्यान रस टेलर ९ रनमा क्याच आउट हुन पुगे । बिजे वाटलिङ ३० र डर्याल मिचेल ४२ रनमा आउट भए । वेस्टइन्डिजका तीव्र गतिका बलर शनोन ग्रेबियलले ३, चेमार होल्डरले २ र अल्जारी जोशेफले एक विकेट लिएका छन् ।
पहिलो टेष्टमा वेस्टइन्डिज १ सय ३४ रनको इनिङ अन्तरले पराजित भएको थियो । न्युजिल्यान्ड दुई टेष्ट सिरिज क्लिनस्विप गर्न चाहन्छ भने वेस्टइन्डिज १–१ को बराबरीमा अन्त्य गर्ने सोचमा छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]