4 years ago
December 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तगर्त प्रदेश नम्बर २ छनोटको समूह ‘ए’ को पहिलो खेलमा महोत्तरीले विजयी सुरुवात गरेको छ ।
बिहीबार प्रदेश २ छनोटको पहिलो खेलमा महोत्तरीले धनुषालाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । धनुषाले जितको लागि प्रस्तुत गरेको २ सय १० रनको विजयी लक्ष्य पछ्याएको महोत्तरीले ४८.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । महोत्तरीको जितमा ओपनर राज कुमार साहनी १ सय ४४ बलमा ५ चौका र २ छक्का सहित ९३ रनमा अविजित रहँदै खेलको म्यान अफ द म्याच चुनिए ।
ओपनर अविनास अधिकारी ४, सौरभ २२ र रवि सिंह ९ रनमा आउट भए । अरुण मण्डल ८१ बलमा ५८ रनमा अविजित रहे । धनुषाका दिब्यान्सु मलिक, मनोज यादव र विशाल सुश्लिङले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको धनुषाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । कप्तान तथा ओपनर हरि शंकर शाहले १ सय ८ बलमा ८ चौका सहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । हिमान्शु दत्त १६, विशाल सुश्लिङ ५ र प्रसुराम यादव ६ रनमा आउट भए ।
तल्लोक्रममा अमितले ३६ बलमा २ चौका र ३ छक्का सहित ४४ रन जोड्दै इनिङ उकासेका थिए । मोहत्तरीका मोहम्मद हुसैनले १० ओभरमा १ मेडन सहित ४० रन खर्चेर ४ विकेट लिए । पुरजले ३, निसान राउत र राहुल प्रताव सिंहले एक एक विकेट लिए ।
प्रधानमत्री कपको लागि प्रदेश २ को छनोटमा बिहिबार देखी पुष ५ सम्म आठ टोलीले दुई समूहमा प्रतिस्पर्धा गर्ने छन् । समूह ‘ए’ मा धनुषा, महोत्तरी, सिराह र सप्तरी छन् । समूह ‘बी’ मा सर्लाही, पर्सा, बारा र रौतहट छन् । समूह चरणमा सबै टोलीले एक अर्का टोलीबीच खेल्ने छन् ।
समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्ने छन् । यस प्रतियोगिताको प्रर्दशनलाई आधार मान्दै पुष दोस्रो साता देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय कपको लागि प्रदेश २ ले आफ्नो टोली घोषणा गर्ने छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]