default_image

4 years ago

December 10, 2020

होबार्टको विजयी सुरुवात

115 views

0 Bookmark

एजेन्सी – क्रिकेट अष्ट्रेलियाको औपचारिक तथा चर्चित टि२० क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिनाको होबार्ट हरिकेन्सले विजयी सुरुवात गरेको छ ।

बिहीबार साँझ सम्पन्न पहिलो खेलमा सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गर्दै हरिकेन्सले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको सिक्सर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन मात्र बनाउन सक्यो । सिक्सर्सका जेम्स भिन्सले ४१ बलमा ८ चौका र २ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

ज्याक एड्वार्डस ३९ बलमा ६ चौका र १ छक्का सहित ४७ रनको योगदान दिए । ओपनर जोश फिलिपे भने एक रनमै आउट हुन पुगे । जोर्डन सिल्क १३, कप्तान ड्यानियल हक्स ९ र ड्यानियल क्रिष्टियन १० रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

होबार्टका तीव्र गतिका बलर जेम्स फल्क्नरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । राइली मेरेडिथले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । नाथन इल्स र स्कर्ट बोल्यान्ड नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । होबार्टका कोलिन इनग्राम र टिम डेभिडले अर्ध शतकीय योगदान दिए । इनग्रामले ४२ बलमा ७ चौका र १ छक्का सहित ५५ रनमा क्याच आउट भए ।

सिंगापुरबाट खेल्दै आएका अलराउन्डर टिम डेविडले ३३ बलमा ८ चौका र १ छक्का सहित ५८ रन जोडे । कप्तान पिटर ह्यान्डस्कोम्बले २४ र नाथन इल्सले १४ रन जोडे । दुवै ओपनर विल ज्याक्स र डार्सी सर्ट भने शून्यमा आउट भएपनि मध्यक्रमका ब्याट्सम्यानले होबार्टलाई समालेका थिए ।

सिक्सर्सका बेन द्वारशुइसले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । ड्यानियल क्रिष्टियनले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । होबार्टमा आबद्ध सन्दीपले बिग ब्यासमा डिसेम्बरका पूरै खेल गुमाउने छन् । सन्दीप मंगलबार अष्ट्रेलिया जानेछन् ।

यो पनि : सन्दीपले ६ खेल गुमाउने

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.