default_image

4 years ago

December 9, 2020

सन्दीपले ६ खेल गुमाउने

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०/२१ का सुरुवाती ६ खेल गुमाउने पक्का भएको छ ।

बिग ब्यास बिहिबार देखि अष्ट्रेलियामा सुरु हुँदै छ । सन्दीपले यस सिजनको बिग ब्यास होबार्ट हरिकेन्सबाट खेल्दै छन् । तर सन्दीप हालसम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा छन् । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेटका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले सन्दीप अष्ट्रेलिया डिसेम्बर १४ वा १५ मा जाने बताएका छन् । बिहिबार सन्दीप कहिले जाने भन्ने पक्का हुने जनाएका छन् ।

अष्ट्रेलिया सरकारको नियम अनुसार १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । जसले गर्दा सन्दीप जनवरीमा खेलको लागि उपलब्ध हुने शिवाकोटीले जनाए । बिहिबार हरिकेन्सले सिड्नी सिक्सर्ससँग खेल्ने छ । डिसेम्बर १३ र १५ मा एडिलेड स्ट्राइकर्ससँग खेल्ने छ । डिसेम्बर १९ मा मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । डिसेम्बर २७ र ३० मा ब्रिसबेन हीटसँग खेल्नेछ ।

समग्रमा हरिकेन्सले डिसेम्बरमा कुल ६ खेल खेल्ने छ । जुन सबै खेल सन्दीपले गुमाउने छन् । कोरोनालाई जितेका सन्दीपले जनवरी २ मा मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना छ । कोरोना रिपोर्ट नेगेटिभ आएमा मात्र उनी खेल्न पाउने छन् ।

गतवर्ष सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन गरेपनि स्टार्सले सन्दीपसँग सम्झौता गरेन । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।

होबार्टको पूर्ण टोली :

सक्ट बोल्यान्ड, टिम डेविड, जेक डोरन, नेथन एलिस, जेम्स फल्क्नर, पिटर ह्यान्ड्सकम्ब, बेन मक्डरमट, राइली मेरेडिथ, डेविड मुडी, मिचेल ओवेन, टिम पेन, विल परकर, डार्सी सर्ट, म्याथ्यु वेड, निक विन्टर, म्याक राइट

विदेशी खेलाडी : डेविड मालन, सन्दीप लामिछाने, किमो पल

वैकल्पिक विदेशी : विल ज्याक्स, कोलिन इन्ग्राम

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.