4 years ago
December 9, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले सबै किसिमको क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
दुई वर्षयता भारतीय टोली बाहिर रहेका पटेलले बुधबार सन्न्यासको घोषणा गरेका हुन् । उनले पछिल्लो पटक भारतबाट सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध टेष्ट खेल खेलेका थिए । एक महिना अघि संयुक्त अरव इमिरेट्स (यूएई) मा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलले पटेललाई सबै खेलमा बेन्चमा राखेको थियो ।
३५ वर्षिय पटेलले भारतबाट २५ टेष्ट, ३८ ओडिआई र २ टि२० आई खेलेका छन् । उनले सन् २००२ मा इंग्ल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । टेष्टमा उनले ९ सय ३४ रन बनाएका छन् । ओडिआईमा सन् २००३ मा न्युजिल्यान्ड विरुद्ध ओडिआईमा डेब्यू गरेका पटेलले अन्तिम खेल सन् २०१२ मा श्रीलंकाविरुद्ध खेलेका थिए ।
ओडिआईमा उनले ७ सय ३७ रन बनाएका छन् । उनले १ सय ९४ प्रथम श्रेणीमा २७ शतक र ६२ अर्ध शतक सहित ११ हजार २ सय ४० रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन २ सय ६ रन छ । १ सय ९३ लिष्ट ए र २ सय ४ टि२० एस खेलेका छन् । उनको नाममा टेष्टमा विकेटकिपरको रुपमा खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान छ । उनले १७ वर्ष १ सय ५२ दिनमा टेष्टमा टेष्टमा डेब्यू गर्दै कीर्तिमान कायम गरेका थिए । समग्रमा उनले ९३ क्याच र १९ स्टम्पिङ गरेका छन् ।
पटेल भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कारण ओझेलमा परेका एक विकेटकिपर पर्दछन् । पछिल्लो समय उनी भारतीय टोलीको रोजाईमा देखिदैनन् । टेष्टमा ऋद्धिमान शा, ऋषभ पन्त रहँदा सिमित ओभरमा लोकेश राहुल र सन्जु स्यामसन खेलि रहेका छन् । इशन किशनले पनि भारतीय टोलीमा दाबेदारी प्रस्तुत गरि रहेका छन् ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]