default_image

4 years ago

December 8, 2020

अम्पायर ढुंगानाको निधन

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय अम्पायर तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुनिल ढुंगानाको मंगलबार मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ का ढुंगानाको ६३ वर्षका थिए ।

बिहान १० बजेको आसपास नुहाउनका लागि ट्वाइलेट जादा लडेर ढुंगानाको मृत्यु भएको अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङ जानकारी दिएका छन् । आधा घण्टा सम्म ट्वालेटबाट ननिस्केपछि हेर्दा उनी अचेत अवस्थामा पाइएको परिवारले बताएको गुरुङले जानकारी दिए ।

अस्पताल लानेक्रममा उनको मृत्यु भएको बताइएको छ । राष्ट्रिय स्तरको प्रतियोगितामा अम्यायरिङ गर्ने उनी रुपन्देही जिल्ला क्रिकेट संघको प्रमुख सल्लाहकार पनि थिए ।

ढुंगाना रुपन्देही जिल्ला क्रिकेट संघको पूर्व उपाध्यक्ष समेत हुन् । उनका तीन छोरी र एक छोरा छन् । तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष ढुंगाना नेपाली क्रिकेटमा सक्रिय रहँदै आएका थिए ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.