4 years ago
December 8, 2020
एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई १२ रनले पराजित गरेको छ । यो सँगै तीन टि२० आई खेलको सिरिज भारतले २–१ ले जितेको छ ।
१ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भारतका कप्तान विराट कोहलीले ६१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।
ग्लेन म्याक्सवेलको पहिलो ओभरको दोस्रो बलमा ओपनर लोकेश राहुल डीप मिडविकेटमा स्टिभ स्मिथबाट शून्यमा क्याच आउट हुन पुगेका थिए । स्पिनर मिचेल स्वीपसनको नवौं ओभरको पाँचौ बलमा शिखर धवन ड्यानियल साम्सबाट २८ रनमा क्याच आउट भए । धवनले २१ बलमा ३ चौका प्रहार गरे । स्वीपसनले १३ औं ओभरको चौथो बलमा सञ्जु स्यामसनलाई १० रनमा स्मिथबाट क्याच आउट गराए । यसै ओभरको अन्तिम बलमा श्रेयस ऐर शून्यमा एलबिडब्लू आउट भएपछि भारत दबाबमा परेको थियो ।
१८ औं ओभरको पहिलो बलमा स्पिनर एडम जाम्पाले हार्दिक पान्ड्यालाई फिन्चबाट २० रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया जिततर्फ अघि बढेको थियो । हार्दिकले १३ बलमा १ चौका र २ छक्का प्रहार गरे । १९ औं ओभरको पहिलो बलमा एन्ड्रयु टाइले कोहलीलाई साम्सबाट क्याच गराएपछि भारतको जित टाढिएको थियो । शार्दुल ठाकुरले ७ बलमा २ छक्का सहित १७ रनमा अविजित रहे ।
अष्ट्रेलिया जितमा स्पिनर मिचेल स्वीपसनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर एन्ड्रयु टाईले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । स्पिनर एडम जाम्पा, ग्लेन म्याक्सवेल र सन एबटले एक एक विकेट लिए ।
त्यसअघि सिड्नीमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । अष्ट्रेलिया ओपनर म्याथ्यु वेडले ५३ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए । आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल ३६ बलमा ३ चौका र ३ छक्का सहित ५४ रनमा बोल्ड आउट भए । तेस्रो विकेटका लागि म्याक्सवेल र वेडले ५३ बलमा ९० रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
अष्ट्रेलियाको सुरुवात भने राम्रो भएको थिएन । दोस्रो ओभरको चौथो बलमा कप्तान आरोन फिन्च अष्ट्रेलियाले १४ रन जोड्दा शून्यमा क्याच आउट हुन पुगेका थिए । फिन्च स्पिनर वासिन्टन सुन्दरको बलमा मिडअफमा हार्दिक पान्ड्याबाट सहज क्याच आउट हुन पुगेका थिए । स्टिभ स्मिथलाई सुन्दरलेनै दशौं ओभरको चौथो बलमा २४ रनमा बोल्ड आउट गरे । स्मिथले २३ बलमा १ चौका प्रहार गरे । दोस्रो विकेटका लागि स्मिथ र वेडले ६५ रनको साझेदारी गरेका थिए ।
म्याक्सवेलले ब्यक्तिगत १९ रनमा जीवनदान पाएका थिए । १३ औं ओभरको अन्तिम बलमा म्याक्सवेल विकेटकिपर लोकेश राहुलबाट क्याच आउट हुन पुगेपनि स्पिनर युजभेन्द्र चहलले नो बल गरेको कारण उनी पुन ः ब्याटिङको लागि क्रिजमा फर्किंएका थिए । जुन जीवनदान भारतलाई भारी पर्यो ।
वेडलाई १९ औं ओभरको दोस्रो बलमा शार्दुल ठाकुरले एलबिडब्लू आउट गरेका थिए । म्याक्सवेललाई अन्तिम ओभरको पहिलो बलमा टि नटराजनले बोल्ड आउट गरेका थिए । मोइजेस हेनरिक्स ५ र ड्यानियल साम्स ४ रनमा अविजित रहे । डार्सी सर्ट ७ रनमा रन आउट भए ।
भारतका स्पिनर वासिन्टन सुन्दरले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । तिव्र गतिका बलर टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा भारत ११ र दोस्रो बलमा ६ विकेटले हुँदै सिरिज जितेको थियो ।
तीन ओडिआई खेलको सिरिज अष्ट्रेलियाले २-१ ले जितेको थियो । भारत र अष्ट्रेलियाबीच थप चार टेष्ट खेलको सिरिज हुने छ । पहिलो टेष्ट डिसेम्बर १७ देखि एडिलेड ओभलमा हुने छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]