4 years ago
December 7, 2020
एजेन्सी – कोरोना भाइरस संक्रमण अनियन्त्रित भएपछि इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको तीन ओडिआई खेलको सिरिज रद्द भएको छ ।
पहिलो ओडिआई खेल शुक्रबार कप टाउनमा हुने भनिएको थियो । तर दक्षिण अफ्रिका एक खेलाडीमा संक्रमण देखिएपछि आइतबारलाई सारिएको थियो । आइतबार पनि कोरोनाकै कारण सोमबारलाई सारिएको थियो । चार दिनमा तीन पटक स्थगित हुन पुगेको थियो । दुवै टोलीका खेलाडीमा कोरोना संक्रमण देखिएपछि सिरिजनै रद्द हुन पुगेको छ ।
यसअघि नै इंग्ल्यान्डका दुई खेलाडी कोरोना संक्रमणको कारण स्वदेश फर्किएका थिए । इंग्ल्यान्ड बिहिबार स्वदेश फर्कनेछ । तीन टि२० सिरिजमा भने इंग्ल्यान्डले दक्षिण अफ्रिकामाथि क्लिनस्विप गरेको थियो । इंग्ल्यान्ड पहिलो टि२० खेलमा ५ विकेट, दोस्रो खेलमा ४ विकेट र तेस्रो खेलमा ९ विकेटले विजयी भएको थियो ।
यस सिरिजलाई आइसिसी विश्वकप सुपर लिगको मान्यता दिएको थियो । जुन आगमी २०२३ मा भारतमा हुने एक दिवसिय विश्वकपको लागि छनोट प्रक्रिया हो । यो तीन ओडिआई खेल आगमी दिनमा हुन सक्ने अनुमान गरिएको छ । सन् २०२२ सम्म चल्ने सुपर लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा हुँने छ ।
लिगपछि भारत बाहेकका शीर्ष ७ टोलीले एक दिवसिय विश्वकपमा स्थान बनाउने छन् । पुचारका पाँच टोलीले छनोट खेल्नुपर्ने हुन्छ । भारत घरेलु टोली हुँदा सोझै विश्वकपमा पुग्ने छ । सबै टोलीले घरेलु मैदान र अवेमा समान चार सिरिज खेल्ने छन् । समग्रमा एउटा टोलीले कुल २४ खेल खेल्ने छ ।
सुपर लिग अंक तालिका अष्ट्रेलिया ६ खेलमा ४ मा जित र २ मा हार सहित ४० अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड ६ खेलमा ३ मा जित र ३ मा हार सहित ३० अंकका साथ दोस्रो स्थानमा छ । पाकिस्तान २० अंकका साथ तेस्रो, जिम्बावे १० अंकका साथ चौथो र आयरल्यान्ड १० अंकका साथ पाँचौ स्थानमा छ । भारत ९ अंकका साथ छैटौं स्थानमा छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]