default_image

4 years ago

December 7, 2020

क्रिकेटको प्रशिक्षकमा वाटमोरको बलियो सम्भावना

76 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोर आउने उच्च सम्भावना रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलिया पूर्व ब्याट्सम्यान वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई सिफारिस गरेर पठाएको उच्च स्रोतले जनाएको छ । तर आइसीसीले स्वीकृतिको जवाफ नदिँदा सम्म निश्चित भएको भन्न नमिल्ने स्रोत बताउँछ ।

वाटमोरको सम्झौता पहिलो चरणमा एक वर्षको हुने छ । उनको मासिक तलब खुलाउन नमिल्ने बताइएको छ । उनको सबै खर्च हेर्दा १० हजार भन्दा बढी अमेरिकी डलर पारिश्रमिक पाउने छन् । क्यानले मुख्य प्रशिक्षक नियुक्त हुन ६० वर्ष नकाटेको हुनुपर्ने जनाएको थियो । वाटमोरको ६६ वर्षका हुन् ।

उमेरमा आइसीसीलाई कुनै आपत्ति नरहेको बुझिएको छ । सम्झौता अवधिमा पनि आइसीसीले कुनै चासो राखेको छैन । नाम पठाएको एक हप्ता भएपनि आइसीसीले स्वीकृतिको जवाफ नदिँदा सार्वजनिक गर्न ढिलाई भएको बुझिएको छ ।

क्यानको दोस्रो रोजाईमा भारतीय अपूर्व देशाईं थिए । तर देशाईंले भने नेपालसँग पूर्ण समय नभए पार्टटाइम मात्र कार्म गर्न खोजेको थिए । देशाई अन्य ठूला टेष्ट टोलीसँग काम गर्ने सम्भावना हुँदा पूर्ण समयको लागि सम्झौता गर्न नमानेको बुझिएको छ । तर क्यानको पहिलो रोजाईमा भने वाटमोरनै थिए ।

नेपाली क्रिकेट टोलीको पछिल्लो समयको स्तर खस्किदै गएको छ । अर्कोतर्फ ब्याटिङ समस्या परम्परा रोग बन्दै आएको छ । त्यसैले गर्दा क्यानले वाटमोरलाई ल्याउने सोचमा पुगेको बुझिएको छ । पहिलो चरणमा सम्झौता एकवर्ष हुने छ । टोलीमा उनको प्रभाव देखिए सम्झौता थपिने छ ।

कुल ७२ जनाले नाम नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । जसमा १५ जनाको नाम अन्तरवार्तामा बोलाएको थियो । १२ जना उपस्थित थिए । नेपाली क्रिकेट झण्डै एकवर्ष देखि विदेशी प्रशिक्षकविहिन छ । गत माघमा आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको एक दिवसिय त्रिकोणात्मक सिरिजसँगै भारतीय उमेश पटवालले राजीनामा दिएका थिए । आफ्नो पारिश्रकिमा सम्झौता भन्दा बढी कर लगाएको भन्दै राजीनामा दिएका थिए ।

पटवालको आठ महिना अवधीमा नेपालले निराशजनक प्रर्दशन गरेको थियो । त्यसयता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य प्रशिक्षक जगत टमटाले सम्हाल्दै आएका छन् । नेपाली क्रिकेट टोली हाल कीर्तिपूर मैदान टीयूमा बन्द प्रशिक्षणमा छ । नेपालले आगमी मार्चमा ओमानमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसिय त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना छ ।

को हुन् डेभ वाटमोर ?

सन् १९५४ मार्च १६ मा कोलोम्बोमा जन्मेका वाटमोर अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान हुन् । उनले सन् १९७९ मार्चमा अष्ट्रेलियाबाट पाकिस्तानविरुद्ध मेलबर्नमा टेष्टमा डेब्यू गरेका थिए । तर लामो यात्रा गर्न सकेनन् । उनले त्यसैवर्ष नोभेम्बरमा मुम्बईमा भारतविरुद्ध अन्तिम टेष्ट खेल खेलेका थिए । उनले एक मात्र डेब्यू ओडिआई सन् १९८० मा वेस्टइन्डिजविरुद्ध जनवरीमा गरेका थिए ।

वाटमोरले ७ टेष्टमा १३ इनिङमा ब्याटिङ गर्दै २ अर्ध शतक सहित २ सय ९३ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन ७७ रन छ । १ सय ८ प्रथम श्रेणी खेलमा उनले १० शतक र ३५ अर्ध शतक सहित ६ हजार १ सय १६ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ७० रन छ । अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीको रुपमा लामो यात्रा गर्न नसकेपनि प्रशिक्षकमा तीन दशक बिताई सकेका छन् ।

वाटमोरले सन् १८८९ देखि प्रशिक्षण थालेका थिए । वाटमोरको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा पहिलो पटक एक दिवसिय विश्वकप जितेको थियो । सन् २००३ देखि २००७ सम्म बंगलादेशमा प्रशिक्षकको रुपमा काम गरेका थिए । बंगलादेशले सन् २००७ मा एकदिवसिय विश्वकपमा भारत र दक्षिण अफ्रिकालाई हराएको थियो ।

आइपिएलमा २०१० र २०११ मा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा काम गरेका थिए । सन् २०१२ मार्चमा पाकिस्ताको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । पाकिस्तानले बंगलादेशलाई हराउँदै एसिया कप जितेको थियो । सन् २०१४ डिसेम्बरमा जिम्बावेको टोली सम्हालेका उनले २०१६ मे मा छोडेका थिए । २०२० फ्रेबुअरीमा सिंगापुरको प्रशिक्षकको रुपमा नियुक्त हुँदै केहि समय काम गरेका थिए ।

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

September 19, 2024

झाले दिलाए ओमानी कप्तानको विकेट

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]

Success

Thank you for your time.