4 years ago
December 6, 2020
एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको उत्कृष्ट ब्याटिङमा भारतले अष्ट्रेलियासँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ ।
दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको हो । तीन टि२० आई खेल सिरिजको पहिलो खेलमा भारत ११ रनमा विजयी भएको थियो । आइतबार जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतलाई अन्तिम ओभरमा जितको लागि १४ रन आवश्यक परेको थियो ।
हार्दिकले ड्यानियल साम्सलाई दोस्रो र चौथो बलमा छक्का प्रहार गर्दै जित पक्का गरे । हार्दिक २२ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे । श्रेयस ऐर १२ रनमा अविजित रहे ।
पहिलो विकेटका लागि ओपनर शिखर धवन र विकेटकिपर लोकेश राहुलले ५.२ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एन्ड्रयु टाईले लोकेश राहुललाई मिचेल स्विपसनबाट ३० रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । राहुलले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर एडम जाम्पाले १२ औं ओभरको दोस्रो बलमा शिखर धवनलाई ५२ रनमा स्विपसनबाट क्याच गराए । धवनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । १४ औं ओभरको चौथो सन्जु स्यामसन १० बलमा १ चौका र १ छक्का सहित १५ रनमा क्याच आउट भए ।
१७ औं ओभरको पहिलो बलमा कप्तान विराट कोहलीलाई तीव्र गतिका बलर ड्यानियल साम्सले विकेटकिपर म्याथ्यु वेडबाट ४० रनमा क्याच आउट गराएपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो । कोहली २४ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
मिचेल स्विपसनले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । एडम जाम्पाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । ड्यानियल साम्स र एन्ड्रयु टाईले एक एक विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र कप्तान म्याथ्यु वेडले ४।३ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । टि नटराजनको बलमा ठूलो सट खेलेका सर्ट युवा ब्याट्सम्यान श्रेयस ऐरबाट डिप स्क्वायर लेगमा उत्कृष्ट क्याच आउट हुन पुगे । सर्टले ९ बलमा १ चौका सहित ९ रन जोडे ।
आठौं ओभरको अन्तिम बलमा वेड ५८ रनमा रन आउट हुन पुगे । वासिन्टन सुन्दरको बलमा वेडको क्याच कप्तान कोहलीले छोडेपनि स्टिभ स्मिथसँग तालमेल नमिल्दा रन आउट हुन पुगे । उत्कृष्ट सुरुवात दिलाएका उनले ३२ बलमा १० चौका र १ छक्का प्रहार गरे ।
शार्दुल ठाकुरको १३ औं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेल १३ बलमा २ चौका सहित २२ रनमा वासिन्टन सुन्दरबाट क्याच आउट हुन पुगेका थिए । युजभेन्द्र चहलको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका स्टिभ स्मिथ हार्दिक पान्ड्याबाट ४६ रनमा क्याच आउट भए । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
मोइजेस हेनरिक्स १८ बलमा १ छक्का सहित २६ रनमा क्याच आउट भए । मार्कस स्टोइनिस १६ र ड्यानियल साम्स ८ रनमा अविजित रहे । तीव्र गतिका बलर टि नटराजनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । तेस्रो टि २० खेल मंगलबार हुने छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]