default_image

4 years ago

December 6, 2020

भारतलाई अष्ट्रेलियाको बलियो लक्ष्य

91 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले भारतलाई दोस्रो टि२० खेलमा १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनायो ।

पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र कप्तान म्याथ्यु वेडले ४.३ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । टि नटराजनको बलमा ठूलो सट खेलेका सर्ट युवा ब्याट्सम्यान श्रेयस ऐरबाट डिप स्क्वायर लेगमा उत्कृष्ट क्याच आउट हुन पुगे । सर्टले ९ बलमा १ चौका सहित ९ रन जोडे ।

आठौं ओभरको अन्तिम बलमा वेड ५८ रनमा रन आउट हुन पुगे । वासिन्टन सुन्दरको बलमा वेडको क्याच कप्तान कोहलीले छोडेपनि स्टिभ स्मिथसँग तालमेल नमिल्दा रन आउट हुन पुगे । उत्कृष्ट सुरुवात दिलाएका उनले ३२ बलमा १० चौका र १ छक्का प्रहार गरे ।

शार्दुल ठाकुरको १३ औं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेल १३ बलमा २ चौका सहित २२ रनमा वासिन्टन सुन्दरबाट क्याच आउट हुन पुगेका थिए । युजभेन्द्र चहलको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका स्टिभ स्मिथ हार्दिक पान्ड्याबाट ४६ रनमा क्याच आउट भए । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

मोइजेस हेनरिक्स १८ बलमा १ छक्का सहित २६ रनमा क्याच आउट भए । मार्कस स्टोइनिस १६ र ड्यानियल साम्स ८ रनमा अविजित रहे ।

तीव्र गतिका बलर टि नटराजनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.