4 years ago
December 6, 2020
एजेन्सी – भारतले अष्ट्रेलियासँगको दोस्रो टि२० खेलमा पहिला बलिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदान सिड्नीमा भारतका कप्तान विराट कोहलीले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
भारतले आज टोलीमा तीन परिवर्तन गरेको छ । रविन्द्र जडेजाको स्थानमा स्पिनर युजभेन्द्र चहलले मौका पाएका छन् । त्यस्तै मनिष पान्डेको स्थानमा श्रेयस ऐर र मोहम्मद शामीको स्थानमा शार्दुल ठाकुरले मौका पाएका छन् ।
यता अष्ट्रेलिया कप्तान आरोन फिन्च टोलीमा छैनन् । मैदानमा टसको लागि विकेटकिपर म्याथ्यु वेड आएका थिए । वेड अष्ट्रेलियाका लागि टि२०आईमा कप्तानी गर्ने ११ औं खेलाडी बनेका छन् ।
अष्ट्रेलियाले टोलीमा तीन परिवर्तन गरेको छ । फिन्चको स्थानमा अलराउन्डर मार्कस स्टोइनिसले मौका पाएका छन् । सम्भवत स्टोइनिस र डार्सी सटले ओपनिङ गर्ने छन् । त्यस्तै तीव्र गतिका बलर जोश हेजलवुडको स्थानमा ड्यानियल साम्स र मिचेल स्टार्कको स्थानमा एन्ड्रयु टाईले मौका पाएका छन् ।
अष्ट्रेलिया प्लेइङ ११ : म्याथ्यु वेड (कप्तान), मार्कस स्टोइनिस, डार्सी सर्ट, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, हेनरिक्स मोइसेस, सन एबट, डानियल साम्स, मिचेल स्विपसन, एडम जाम्पा र एन्ड्रयु टाई ।
भारतको प्लेइङ ११ : शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, युजभेन्द्र चहल, शार्दुल ठाकुर, वासिन्टन सुन्दर, दिपक चहर, सन्जु स्यामसन र टि नटराजन
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]