4 years ago
December 6, 2020
एजेन्सी – भारत र अष्ट्रेलियाबीचको तीन टि२० आई खेलको सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः५५ पछि सिड्नी क्रिकेट मैदान सिड्नीमा सुरु हुने छ ।
पहिलो टि२० खेलमा भारत ११ रनले विजयी भएको थियो । भारत लगातार दोस्रो जितसँगै सिरिज एक खेल अगावै जित्न चाहन्छ । घरेलु टोली अष्ट्रेलियालाई सिरिज जित्ने सम्भावना कायमै राख्न दोस्रो खेल जित्नै पर्ने दबाब छ ।
अष्ट्रेलिया मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । पहिलो खेलमा राम्रो सुरुवातका बाबजुद मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान नचल्दा अष्ट्रेलिया पराजित भएको थियो । डार्सी सटको स्थानमा एलेक्स केरीले मौका पाउन सक्छन् । कप्तान आरोन फिन्चलाई उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ ।
स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल प्रमुख हतियार हुन् । यी दुई ब्याट्सम्यानलाई जिम्मेवारीका साथ उत्कृष्ट प्रर्दशन गर्न आवश्यक पर्दछ । पहिलो टि२० खेलमा तीन विकेट लिनुको साथै ३० रन जोडेका अलराउन्डर मोइजेस हेनरिक्स भारतलाई टाउको दुखाईका खेलाडी बन्न सक्छन् । घाइते अलराउन्डर मार्कस स्टोइनिस खेल्ने वा नखेल्ने अन्यौल छ ।
स्टोइनिस पूर्णरुपमा फिट भए टोली मजबुत बन्ने छ । स्टोइनिस सन एबटको स्थान लिने छन् । तीव्र गतिका बलर मिचेल स्टार्क टोलीमा हुने छैनन् । उनले पारिवारिक कारण बाँकी दुई टि२० सिरिज खेल्ने छैनन् । उनको स्थान एन्ड्रयु टाई वा ड्यानियल साम्स मध्य एकले लिने सम्भावना छ । स्पिनरमा मिचेल स्विपसनलाई खेलाउने सम्भावना छ ।
ओपनर लोकेश राहुलले पहिलो टि२० खेलमा ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । पछिल्लो समय राम्रो लयमा रहेका उनलाई रोक्न कठिन पर्न सक्छ । शिखर धवन र कप्तान विराट कोहलीलाई पनि उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ ।
कोहली र धवन पहिलो खेलमा सस्तैमा आउट भएका थिए । हार्दिक पान्ड्या राम्रो लयमा छन् । उनको लयलाई रोक्न अष्ट्रेलियालाई चुनौती हुने देखिन्छ । सन्जु स्यामसन मध्यक्रम सम्हाल्ने छन् । पहिलो खेलमा ४४ रनको उत्कृष्ट इनिङ खेलेका रविन्द्र जडेजा टोलीबाट बाहिरि सकेका छन् । तीव्र गतिका बलरमा टि नटराजन, जस्प्रित बुमराह र दीपक चहरको सम्भावना छ ।
पहिलो खेलमा बुमराहलाई विश्राम दिएका थियो । दोस्रो खेलमा मोहम्मद शामीको स्थानमा बुमराहलाई खेलाउने सम्भावना छ । शामीले पहिलो खेलमा ४६ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । पहिलो खेलमा तीन विकेट लिएका लिदै जितमा नायक बनेका स्पिनर चहल दोस्रो खेलमा पनि उच्च मनोबलका साथ मैदान प्रवेश गर्ने छन् । कसिलो बलिङ गरेका वासिन्टन सुन्दर स्पिनरको रुपमा खेल्ने छन् ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]