4 years ago
December 6, 2020
एजेन्सी – कप्तान केन विलियम्सनको दोहोरो शतकको सहयोग र बलरहरुको उच्च प्रर्दशनमा वेस्टइन्डिजविरुद्ध पहिलो टेष्ट खेलमा घरेलु टोली न्युजिल्यान्ड १ सय ३४ रनको इनिङ अन्तरले विजयी भएको छ ।
फलोअनमा पर्दै दोस्रो इनिङ थालेको वेस्टइन्डिज आइतबार चौथो दिनको ५८.५ ओभरमा २ सय ४७ रनमा अल आउट भएसँगै न्युजिल्यान्ड इनिङ अन्तरले विजयी भएको हो । दुई टेष्ट सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता लिएको छ ।
दोस्रो इनिङमा वेस्टइन्डिजका जर्मेन ब्लाकवुड १ सय ४१ बलमा ११ चौका र २ छक्का सहित १ सय ४ रनको शतकीय इनिङ खेल्दै हारको अन्तर घटाए । ब्लाकवुडलाई निल वाग्ररले टिम साउथीबाट क्याच गराउँदै पेभिलिएन फर्काए ।
त्यस्तै अल्जारी जोशेफले १ सय २५ बलमा ९ चौका र ३ छक्का सहित ८६ रनमा क्याच आउट भए । सातौं विकेटका लागि जोशेफ र ब्लाकवुडले १ सय ५५ रनको शतकीय साझेदारी गरेका थिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । क्रेग ब्रेथवेट १०, जोन क्याम्पबेल २, ड्यारेन ब्राभो १२ र शमराह ब्रुक्स २ रनमा आउट भए । न्युजिल्यान्डका निल वाग्ररले ४, काइल जामिसनले २, टिम साउथी, ट्रेन्ट बोल्ट, डर्याल मिचेलले एक एक विकेट लिए ।
वेस्टइन्डिज पहिलो इनिङमा मात्र १ सय ३८ रनमा अलआउट भएपछी फलोअनमा परेको थियो । पहिलो इनिङमा ३ सय ८१ रनले पछि परेको वेस्टइन्डिजलाई न्युजिल्यान्डले फेरी ब्याटिङको निम्तो दिएको थियो । उसका क्रेग ब्रेथवेट २१, जोन क्याम्पबेल २६, शम्राह बुक्स १, ड्यारेन ब्राभो ९, रोस्टन चेश ११, जर्मेन ब्लाकवुड २३ रनमा आउट हुँदा कप्तान जेसन होल्डर २५ रनमा अविजित रहे । न्युजिल्यान्डका टिम साउथी ४, काइल जामिसन र निल वाग्ररले २–२ विकेट लिए । ट्रेन्ट बोल्टको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर हामिलन्टन ब्याटिङ थालेको न्युजिल्यान्डले दोस्रो दिन १४५ ओभरमा ५१९–७ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४ सय १२ बलमा ३४ चौका र २ छक्का सहित २ सय ५१ रनको आफ्नो टेष्ट करिअरकै सर्वोत्कृष्ट प्रर्दशन गरे । विलियम्सन तीव्र गतिका बलर अल्जारी जोशेफको १ सय ४२ औं ओभरको पाँचौ बलमा रोस्टन चेशबाट क्याच आउट हुन पुगे । विलियम्सननै खेलको ‘प्लेयर अफ अफ द म्याच’ चुनिए ।
विलियम्सनले १२५.२ ओभरमा केमार रोचलाई चौका प्रहार दोहोरो शतक पूरा गरेका थिए । यसअघि विलियम्सनले गतवर्ष बंगलादेशविरुद्ध २ सय रन र २०१५ मा श्रीलंकाविरुद्ध २ सय ४२ रनको अविजित दोहोरो शतकीय इनिङ खेलेका थिए ।
ओपनर टम लाथम १ सय ८४ बलमा १२ चौका र १ छक्का सहित ८६ रनमा केमार रोचको बलमा बोल्ड आउट भए । अर्का ओपनर विल योंग ५, रस टेलर ३८, हेनरी निकोलस ७, टम ब्लन्डेल १४ रनमा आउट भए । तल्लोक्रममा युवा अलराउन्डर काइल जामिसन ६४ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । जुन उनको टेष्टको पहिलो अर्ध शतक हो । टिम साउथी ११ रनमा अविजित रहे ।
वेस्टइन्डिजका तीव्र गतिका बलर केमार रोचले ३० ओभरमा ७ मेडन राख्दै १ सय १४ रन खर्चेर ३ विकेट लिए । शनोन ग्रेबियलले २५ ओभरमा ६ मेडन सहित ८९ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफको नाममा एक विकेट रह्यो । दोस्रो टेष्ट डिसेम्बर ११ देखि १५ सम्म चल्ने छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]