4 years ago
December 5, 2020
एजेन्सी – कुनैपनि खेलाडीलाई राष्ट्रिय टोलीको जर्सीमा डेब्यू गर्ने सपना पूरा गर्न सहज हुँदैन । खेलाडीको क्षमतासँगै घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेको हुनुपर्छ । त्यसपछि टोलीमा आफ्नो भूमिका आवश्यक भएमात्र अवसर आउँछ ।
उमेर समूहको क्रिकेट पनि घरेलु प्रतियोगिताको लागि महत्त्वपूर्ण आधार हुन्छ । उमेर समूहमा राम्रोसँग क्रिकेट नखेलेको खलाडी पछि कस्तो खेलाडी बन्ला ? पक्कै उ धेरै माथि जाँदैन भन्ने धेरैको बुझाइ र तर्क हुन्छ । तर कुनैपनि खेलाडीमा उत्कृष्ट प्रतिभा छ भने उमेरले खासै फरक पार्दैन ।
भारतीय क्रिकेटका तीव्र गतिका बलर टि नटराजन त्यसका एक उदाहरण हुन् । शुक्रबार भारतीय क्रिकेट टोलीमा तीव्र गतिका बलर टि नटराजनले टि२० आईमा २९ वर्षको उमेरमा अष्ट्रेलियाविरुद्ध सानदार डेब्यू गरे । सन् २०११ अर्थात २० वर्ष उमेरपछि मात्रै ड्युज बलले क्रिकेट सिक्न थालेका नटराजन पछिल्लो समय उत्कृष्ट योर्कर किंगको रुपमा विश्व क्रिकेटमा उदाएका छन् । उमेर समूहका कुनैपनि प्रतियोगिता नखेलेका नटराजनले भारतीय क्रिकेटमा ठूलो आशा र सम्भावना देखाएका छन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा सनराइजर्स हैदराबाद सुरुवाती समय लिग चरणबाटै बाहिरिने धेरैले अनुमान गरेका थिए । तर हैदराबाद सबैलाई आश्चर्य पार्दै प्ले अफमा पुगेको थियो । प्लेअफ सम्म पुर्याउन तीव्र गतिका बलर टि नटराजनले उत्कृष्ट प्रर्दशन र योगदान महत्त्वपूर्ण थियो । आइपिएल २०२० मा सर्वाधिक योर्कर फाल्ने बलर हुँदै उनले उत्कृष्ट प्रभाव छोडे । त्यहिँ आइपिएमा योर्कर किंगको प्रभावले उनले भारतीय टोली सम्मको यात्रा गरे । भारतीय टोलीको डेब्यू पनि सानदार गर्दै आफ्नो राम्रो प्रभाव छाडेका छन् ।
शुक्रबार पहिलो टि२० खेलमा भारतलाई ११ रनको जित दिलाउन नटराजनले तीन महत्त्वपूर्ण विकेट लिए । पहिलो टि२० डेब्यू खेल खेलेका नटराजनले अष्ट्रेलिया ग्लेन म्याक्सवेल, डार्सी सर्ट र मिचेल स्टार्कको विकेट लिदै जितको आधार तय गरेका थिए । भारतले आफ्ना प्रमुख बलर जस्प्रित बुमराहलाई विश्राम दिँदै नटराजनलाई डेब्यू गराएको थियो ।
त्यसअघि नटराजनले बुधबार अष्ट्रेलियासँगको तेस्रो ओडिआई खेलमा भारतीय टोलीका लागि डेब्यू गर्दै दुई विकेट लिएका थिए । नटराजन भारतीय टोलीको अष्ट्रेलिया भ्रमणमा जाने खेलाडीको सूचिमा भने थिएनन् । स्पिनर बरुण चक्रबर्ती घाइते भएपछि उनको स्थान लिएका थिए । डेथ ओभर स्पेलिष्ट नटराजनलाई आगमी दिनमा भारतीय क्रिकेटमा लामो रसेको घोडा मानिएको छ ।
आइपिएलमा १६ खेलमा ३ सय ७७ बल गर्दै ५ सय ४ रन खर्चेर १६ विकेट लिए । जसमा ७६ बल योर्कर थिए । जुन एकै सिजनमा सन् २०१३ मा मुम्बई इन्डियन्सका तीव्र गतिका बलर लासिथ मलिङ्गाले फालेको योर्कर ८३ पछिको एकै संस्करणमा कुनैपनि बलरले फालेको सर्वाधिक पर्दछ ।
नटराजनको जन्म भारतको तामिल नाइडुको गाउँ चिन्नप्पम्पट्टी मा सन् १९९१ मा भएको थियो । उनको बुबाको नाम थांगारासु र आमाको सान्ता हो । चिन्नप्पम्पट्टीको गाउँ तामिल नाइडु शहर सलेमदेखि ३६ किलोमिटर टाढा पर्छ । उनले २० वर्ष सम्म टेनिस बलले क्रिकेट खेलेका थिए । त्यो समय सम्म उनले कहिल्यै पनि क्रिकेटर बन्ने सपना देखेका थिएनन् । रमाइलो र समय बिताउन साथीभाईसँग क्रिकेट खेल्थे ।
सुरुमा उनले क्रिकेट हेर्दा हेर्दै सिक्न थालेका थिए । टेनिस बलले क्रिकेट खेल्न थाले । नटराजनले टेनिस बलमा रन नचुटिन योर्कर बल सबैभन्दा राम्रो विकल्प भएको हुँदा आफूले लगातार त्यो फाल्ने गरेको बताउँछन् । हरेक बलमा योर्कर फाल्ने क्षमता राख्ने उनी टेनिस बलबाट खेलमा भने निखारिदै गएका थिए । त्यहिँ योर्करले आज उनलाई भारतीय टोली सम्म पुर्याएको छ ।
नटराजन घरको पहिलो सन्तान थिए । उनका तीन बहिनी र एक भाई छन् । उनका बुबाले पावर लुममा काम गर्थे भने आमाले सडकको छेउमा मासु पसल राखेकी थिइन् । नटराजनले सानोमा आमालाई सहयोग गर्थे । खाली भएको समयमा क्रिकेट खेल्न जान्थें । परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । परिवारलाई बिहान बेलुका खान धौधौ हुने गर्थ्यो । सरकारी स्कुलमा पढ्ने उनलाई बसमा चढ्ने र किताब कापी कलम किन्ने समेत पैसा हुँदैन थियो । बाल्यकाल संघर्षमा बिताए ।
नटराजनलाई जय प्रकाशले राम्रो साथ र सहयोग दिँदा आज यो स्थान सम्म आएका छन् । नटराजनका क्रिकेट मेन्टर समेत रहेका जय प्रकाश स्थानिय क्रिकेट क्लब चलाउथें । नटराजनलाई उनले कान्छो भाई मान्छन् । जय प्रकाशले उनलाई पछि सबै कुरामा सहयोग गरे । उनी टेनिस बलबाट योर्करमा निखारिएका थिए । त्यसैले उनी हरेक बलमा योर्करको क्षमता राख्छन् ।
भारतीय घरेलु क्रिकेटमा रणजी ट्रर्फी प्रतिष्ठित प्रतियोगिता मानिन्छ । रणजी ट्रफी उनले कुनै उमेर समूहबाट नखेलि सिधैं तामिल नाइडुको टोलीबाट खेल्ने मौका पाए । उनले सन् २०१५ जनवरीमा बंगलाविरुद्ध तामिल नाइडुबाट रणजी ट्रफीमा डेब्यू गरेका थिए । नटराजनले पहिलो इनिङमै तीन विकेट लिएका थिए । तर दुर्भाग्य उनको बलिङ एक्सनमाथि प्रतिबन्ध लाग्यो । उनले कडा मिहिनेत गर्दै एक वर्षमा आफ्नो बलिङ एक्सनमा पनि सुधार गरे ।
एकवर्ष पछि उनले तामिल नाडु प्रिमियर लिग खेले । उनले उक्त प्रतियोगितामा ७ खेलमा १० विकेट लिएका थिए । उनले एक सुपर ओभरमा लगातार ६ बलमा ६ योर्कर फालेका थिए । रणजी र तामिल नाइडु प्रिमियर लिगको उत्कृष्ट प्रर्दशनको आधारमा सन् २०१७ को आइपिएल अक्सनमा किंग्स इलेभेन पन्जाबले उनलाई ३ करोड भारतीय रुपैयाँ खर्चेको थियो ।
त्यसअघि उनले तामिल नाइडु प्रिमियर लिगमा थुप्रै योर्कर बलमा बोल्ड आउट गरेका थिए । पन्जाबबाट उनले ६ खेलमा २ विकेट मात्रै लिए । त्यसैको कारण उनलाई पन्जाबले टोलीबाट फुकुवा (रिलिज) गरेको थियो । सन् २०१८ मा हैदराबादले नटराजनलाई ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । दुवै वर्ष कुनैपनि खेल खेल्न पाएनन् । तर हैदराबादले उनलाई टोलीमै राखी रह्यो । राम्रो खेलाडीको रुपमा तयार पारेको थियो । उनले धेरै कुरा भने सिक्न पाए ।
सन् २०२० मा भने हैदराबादले उनलाई पहिलो रोजाईमा खेलायो । नटराजनले यस अवसरलाई चुक्न भने दिएनन् । नटराजनले घरेलु प्रतियोगिता तामिल नाइडुबाट खेल्ने गर्दछन् । सन् २०१८ मा गुजरातविरुद्ध लिष्ट ए मा डेब्यू गरेका थिए । टि२० मा कर्नाटकाविरुद्ध डेब्यू गरेका थिए । भारतविरुद्ध डेब्यू गर्नुअघि उनले मात्र २० प्रथम श्रेणी, १५ लिष्ट ए र ३८ टि२० आई खेलेका छन् । तर उनलाई आफ्नो प्रतिभा पुष्टि गर्न यतिनै प्रतियोगिता पर्याप्त बन्यो ।
सन् २०१६ देखि भारतीय टोलीबाट खेल्दै आएका जस्प्रित बुमराह विश्वका वर्तमान समयका एक उत्कृष्ट डेथ ओभर स्पेलिष्ट बलर बनेका छन् । नटराजन बुमराहको जोडीको रुपमा लामो यात्रा गर्ने आशा गरिएको छ । नटराजनलाई बुमराहको जोडी भेटिएको भारतीय क्रिकेटमा भन्न थालिएको छ । अर्कोतर्फ आगमी वर्ष भारतमै टि२० विश्वकप हुँदै छ । नटराजनले राम्रो प्रर्दशन गर्न सके भारतलाई विश्वकपमा धेरै फाइदा हुने देखिन्छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]