default_image

4 years ago

December 5, 2020

फलोअनमा परेको वेस्ट इन्डिज हारनजिक

107 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरेपछि वेस्टइन्डिज पहिलो टेस्टमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध हारको संघारमा पुगेको छ । तेस्रो दिनको खेल सकिँदा वेस्टइन्डिज दोस्रो इनिङमा १ सय ८५ रनले पछाडी छ र ६ विकेट गुमाइसकेको छ ।

तेस्रो दिनको खेल ४९-० को स्थितिमा सुरु गरेको वेस्टइन्डिज पहिलो इनिङमा मात्र १ सय ३८ रनमा अलआउट भएपछी फलोअनमा परेको थियो । दोस्रो इनिङमा वेस्ट इन्डिज १९६०६ को स्थितिमा खेलिरहेको छ । पहिलो दिनको पहिलो ओभरमा नै जोन क्याम्पबेल २६ रनमा टिम साउथीको शिकार बने । साउथीले अर्को ओभरमा शमारह ब्रुक्सलाई पेभेलियन फर्काउँदै सानदार सुरुवात दिलाए । अर्को ओभरमा क्रेग ब्रेथवेट ट्रेन्ट बोल्टको बलमा २१ रन जोड्दै कट बिहाइन्ड भएपछि वेस्टइन्डिज संकटमा परेको थियो ।

मध्यक्रममा जर्मेन ब्लाकवुडले २३ तथा कप्तान जेसन होल्डर २५ रनमा नटआउट रहनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न साउथीले ४ तथा काइल जेमिसन र निल वाग्नरले २-२ विकेट लिए ।

पहिलो इनिङमा ३ सय ८१ रनले पछि परेको वेस्टइन्डिजलाई न्युजिल्यान्डले फेरी ब्याटिङको निम्तो दिएको थियो । न्युजिल्यान्डका तीव्र गतिका बलरले आफ्नो लय कायम राख्दै शीर्षक्रमलाई पुन: एकपटक धराशायी पारे । दोस्रो ओभरमा नै बोल्टले क्याम्पबेललाई २ रनमा पेभेलियन फर्काए ।

सुरुवाती १० ओभरमा नै वेस्ट इन्डिजले शीर्ष ४ विकेट गुमाएको थियो । ब्रेथवेट १० रन, ड्यारेन ब्राभो १२ रन र ब्रुक्स २ रनमा आउट भएका थिए । रोस्टोन चेज ६ रन र कप्तान होल्डर ८ रनमा आउट भएपछि वेस्टइन्डिज ८९-६ को नाजुक अवस्थामा पुगेको थियो ।

सातौं विकेटका लागि भने जर्मेन ब्लाकवुड र अल्जारी जोसेफले १ सय ७ रनको साझेदारी गर्दै वेस्टइन्डिजलाई जोगाएर राखेका छन् । ब्लाकवुड ८० रनमा खेलिरहेका छन् । उनलाई ५९ रन जोडेका जोसेफले साथ दिएका छन् ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले दोस्रो दिन १४५ ओभरमा ५१९–७ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४ सय १२ बलमा ३४ चौका र २ छक्का सहित २ सय ५१ रनको आफ्नो टेष्ट करिअरकै सर्वोत्कृष्ट प्रर्दशन गरे । विलियम्सन तीव्र गतिका बलर अल्जारी जोशेफको १ सय ४२ औं ओभरको पाँचौ बलमा रोस्टन चेशबाट क्याच आउट हुन पुगे ।

विलियम्सनले १२५.२ ओभरमा केमार रोचलाई चौका प्रहार दोहोरो शतक पूरा गरेका थिए । यो विलियम्सनको टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन पर्दछ । तीनै दोहोरो शतक विलियम्सनले घरेलु मैदानमा प्रहार गरेका हुन् । यसअघि विलियम्सनले गतवर्ष बंगलादेशविरुद्ध २ सय रन र २०१५ मा श्रीलंकाविरुद्ध २ सय ४२ रनको अविजित दोहोरो शतकीय इनिङ खेलेका थिए ।

ओपनर टम लाथम १ सय ८४ बलमा १२ चौका र १ छक्का सहित ८६ रनमा केमार रोचको बलमा बोल्ड आउट भए । अर्का ओपनर विल योंग ५, रस टेलर ३८, हेनरी निकोलस ७, टम ब्लन्डेल १४ रनमा आउट भए । तल्लोक्रममा युवा अलराउन्डर काइल जामिसन ६४ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । जुन उनको टेष्टको पहिलो अर्ध शतक हो । टिम साउथी ११ रनमा अविजित रहे ।

वेस्टइन्डिजका तीव्र गतिका बलर केमार रोचले ३० ओभरमा ७ मेडन राख्दै १ सय १४ रन खर्चेर ३ विकेट लिए । शनोन ग्रेबियलले २५ ओभरमा ६ मेडन सहित ८९ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफको नाममा एक विकेट रह्यो ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.