4 years ago
December 5, 2020
एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण शून्य रहेको क्रिकेट गतिविधिलाई ब्युँताउने लक्ष्यसहित बागमती प्रदेश क्रिकेट संघको आयोजनामा गौतम बुद्ध कप आयोजना हुने भएको छ ।
भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा खेल आयोजना हुने भएको हो । प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता संचालनका लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्नेछन् । प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।
मंसिर २७ देखि ३० गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय टोलीको क्याम्पमा रहेका सबै खेलाडीले खेल्नेछन् । हाल क्याम्पमा रहेका खेलाडी तथा घरेलु क्रिकेटमा नाम चलेका खेलाडीसहित तीन टोली निर्माण गरिनेछ । तीन टोलीले राउन्ड रोबिन लिगपछि ३० गते फाइनल खेल्नेछन् । प्रतियोगिता टि-२० हुने वा ५० ओभरको हुने भन्नेबारे पिचको अवस्था हेरेपछि मात्र यकिन गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।
विश्वभर कोरोना संक्रमणको कठिन परिस्थितिमा पनि क्रिकेट बिस्तारै सुरु भएको अवस्थामा क्रिकेट ब्युँताउन प्रदेश क्रिकेट संघले यो कदम चलेको हो । प्रतियोगितामा सबै सुरक्षा मापदण्ड पालना गरिने आयोजकले जनाएको छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]