default_image

4 years ago

December 4, 2020

चहल-जडेजा परिवर्तनमा भारतको नियतमाथि शंका

263 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो टि२० खेलमा अष्ट्रेलियाविरुद्ध जित हासिल गर्दा स्पिनर युजभेन्द्र चहलले उत्कृष्ट प्रर्दशन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए । तर प्लेइङ ११ मै नभएका चहल दोस्रो इनिङमा बलिङ गर्न आएपछि भारतको नियतमा शंका गर्ने ठाउँ बनेको छ ।

टसपछि भारतका कप्तान विराट कोहलीले बुझाएको प्लेइङ ११ मा चहल थिएनन् । क्रिकेटमा प्लेइङ ११ मा नपरेपछि खेल्ने अवसर दुर्लभ नै हुने गर्दछ । तर आइतबार भारतलाई ११ रनको जित दिलाउन प्लेइङ ११ मा नपरेका स्पिनर चहल नायक बने ।

चहल दोस्रो इनिङमा मैदानमा छिरेका थिए । अलराउन्डर रविन्द्र जडेजालाई कन्कसन (होस हराउने) भएपछि भारतले स्वास्थ्य टोली र म्याच रेफ्रीको स्वीकृतिसँगै चहललाई मैदानमा उतारेको थियो । आइसीसीको नियम अनुसार कन्कसन भएपछि सोहि भूमिकामा खेल्ने खेलाडीलाई मैदान उतार्न पाइन्छ । यदि सोहि प्रकृतिका खेलाडी उपलब्ध नभए म्याच रेफ्रीले नयाँ खेलाडीले खेलमा अधिकतम के-के भूमिका खेल्न सक्ने भन्ने तोक्न सक्छन् । तर भारतले जडेजा आफैं स्पिनर भएको भन्दै चहललाई उतारेको थियो ।

१९ औं ओभरको तेस्रो बलमा जडेजा दोस्रो रन कुदेपछि घाइते हुन पुगेका थिए । जडेजाको खुट्टाको ह्याम्स्ट्रिङमा समस्या देखिएको थियो । उक्त समय जडेजा १८ रनमा खेलिरहेका थिए । ह्याम्स्ट्रिङमा समस्या देखिएपछि भारतीय फिजियोको उपचारपछि ब्याटिङ गर्ने निर्णय लिए ।

लगत्तै जोश हेजलवुडलाई चौथो बलमा छक्का प्रहार गरे । पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गरेका थिए । जडेजालाई दौडिनको लागि समस्या हुने हुँदा ठूला सटमै ध्यान दिएका थिए ।

तर अन्तिम ओभरको दोस्रो बलमा मिचेल स्टार्कको बलमा सट खेल्ने क्रममा बल ब्याटमा लाग्दै उनको हेल्मेटमा लागेर ब्याकवार्ड पोइन्टतर्फ गयो । मोइजेस हेनरिक्सले उनको क्याच समात्न सकेनन् र जडेजा मैदानमा रहे । उनले त्यसपछि अन्तिम ओभरको चौथो र पाँचौ बलमा मिचेल स्टार्कलाई लगातार चौका प्रहार गर्दै भारतलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए । जडेजाले २३ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहेका थिए ।

जडेजालाई ह्यामस्ट्रीङको उपचार गरेपछि कुद्न कठिन भएको प्रष्ट देख्न सकिन्थ्यो । तर भारतले अन्तिम ओभरको दोस्रो बलमा हेल्मेट बल लाग्दा जडेजालाई कन्कसन भएको भन्दै खेलाडी परिवर्तन गर्न रेफ्रीसमक्ष पुगेको थियो । रेफ्रीले स्वास्थ्य टोलीको सिफारिसलाई स्वीकृत गर्दै भारतको चहल खेल्ने प्रस्ताव स्वीकार गरे । म्याच रेफ्री डेविड बुनले यो जानकारी अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लेंगर र कप्तान आरोन फिन्चलाई दिँदा लेंगरले असन्तुष्टि व्यक्त गरेको देखिन्थ्यो ।

अष्ट्रेलियाका समर्थकले भारतले कन्कसन नभएर जडेजाले ह्यामस्ट्रीङ चोटका कारण खेल्न नसकेको आरोप लगाएका छन् । यदि ह्यामस्ट्रीङकै चोट थियो भने चहलले फिल्डिङ मात्र गर्न पाउँथे र बलिङ गर्न पाउँदैनथे । कन्कसन भएपछि भने स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै खेलाडी पुन: खेल्न नहुने कारण यो नियम अघि सारिएको हो ।

जडेजाको हकमा हेल्मेटमा बलले लागेपछि उनले कुनै प्रतिक्रिया नदिनु र फिजियो पनि मैदानमा नआउनुले भारतको नियतमा शंका गरिएको हो । यद्यपि स्वास्थ्य टोलीले खेलपछि आइसीसी समक्ष त्यसको विस्तृत विवरण बुझाउनुपर्ने छ । उक्त विवरणपछि यकिन रुपमा के भएको भन्ने थाहा हुनेछ ।

आइसीसीले गत वर्षदेखि मात्र कन्कसन भएपछि खेलाडी परिवर्तन गर्नैपर्ने नियम लागु गरेको थियो । त्यसभन्दा अघि कुनैपनि खेलाडी घाइते भएमा अर्को खेलाडीले बलिङ र ब्याटिङ गर्न पाउने थिएन । फिल्डिङ भने गर्न पाउँथे ।

जडेजाको स्थानमा खेल्न पाएका चहलले भारतका लागि दोस्रो इनिङमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच नै चुनिए । अष्ट्रेलियालाई ओपनर आरोन फिन्च र डार्सी सटले राम्रो सुरुवात दिलाएका थिए । तर चहलले आठौं ओभरको चौथो बलमा फिन्चलाई ३५ रनमा हार्दिक पान्ड्याबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए ।

त्यस्तै स्टिभ स्मिथलाई चहललेनै सन्जु स्यामसनबाट १२ रनमा क्याच आउट गराए । विकेटकिपर म्याथ्यु वेडलाई चहलले विराट कोहलीबाट ७ रनमा क्याच गराउँदै जितको आधार तय गरे । अष्ट्रेलिया प्रमुख तीन ब्याट्सम्यानलाई आउट गरेका चहल म्यान अफ द म्याच चुनिए । चहल कन्ससन सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गर्दै प्लेयर अफ द म्याच घोषित हुने पहिलो खेलाडी हुन् ।

खेलपछि अष्ट्रेलियाका कप्तान आरोन फिन्चले स्वास्थ्य टोलीले भनेपछि आफूले त्यसमा प्रश्न उठाउन नसक्ने अभिव्यक्ति दिए । भारतका कप्तान विराट कोहलीले पनि जडेजाले रिंगटा लागेको बताएपछि नियमअनुसार नै चहल खेलाउन पाएको बताए । उनले आजको खेलमा चहल चलेपनि अन्य खेलमा त्यस्तो अवस्था आउँदा उपलब्ध नहुन सक्ने बताए ।

आइसीसीको १.२.८.१ का अनुसार कुनैपनि खेलाडीमा कन्कसन देखिएमा भएको उसको प्रतिस्थापन अर्थात विकल्पमा त्यस्तै शैलीको अर्को खेलाडी खेलाउन पाउछ । घाइते भएको खेलाडीको शैली अर्को खेल्ने खेलाडीसँग मिल्नुपर्छ । घाइते खेलाडी खेल्न नसक्ने भएमा म्याच रेफ्रिलाई जानकारी गराउनुपर्छ । म्याच रेफ्रिले घाइते खेलाडीको अवस्था हेरेर र उसको स्थानमा खेल्ने शैलीको खेलाडी मिलेको खण्डमा अनुमति दिने गर्दछन् । यदी नयाँ खेलाडीको भूमिकाले टोलीलाई फाइदा पुग्छ भने त्यसलाई सन्तुलित गर्न उक्त खेलाडीको भूमिकामा म्याच रेफ्रीले केहि प्रावधान राख्न सक्छन् ।

कन्ससन सब्स्टिच्युटको रुपमा सन् २०१९ मा एसेज सिरिजमा लर्डस् मा दोस्रो टेष्टको पहिलो इनिङमा जोफ्रा आर्चरको बाउन्सर बलले लागेर स्टिभ स्मिथ घाइते भएपछि मार्नस लाबुसेनले उनको स्थानमा ब्याटिङ गरेका थिए । क्रिकेटमा मार्नस लाबुसेन सब्स्टिच्युटको रुपमा खेल्ने पहिलो खेलाडी हुन् ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.