default_image

4 years ago

December 4, 2020

भारतले अष्ट्रेलियालाई हरायो

111 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर टि नटराजन र दोस्रो इनिङ मात्र खेलेका स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट प्रर्दशनमा भारतले पहिलो टि२० खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । योसँगै तीन टि२० आई सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

जितका लागि १ सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन मात्र बनायो । अष्ट्रेलिया ओपनर आरोन फिन्च र डार्सी सर्टले पहिलो विकेटका लागि ७.४ ओभरमा ५६ रनको साझेदारी गरेपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा पराजित हुन पुगेको हो । आठौं ओभरको चौथो बलमा स्पिनर युजभेन्द्र चहलले हार्दिक पान्ड्याबाट फिन्चलाई ३५ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । फिन्चले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

चहलले दशौं ओभरको पाँचौ बलमा स्टिभ स्मिथलाई सन्जु स्यामसनबाट १२ रनमा क्याच आउट गराए । स्मिथले ९ बलमा १ छक्का प्रहार गरे । लगत्तै ११ औं ओभरको तेस्रो बलमा टि नटराजनले ग्लेन म्याक्सवेललाई २ रनमा एलबिडब्लू आउट गर्दै दबाब बढाएका थिए ।

नटराजनको १५ औं ओभरको अन्तिम बलमा सर्ट हार्दिक पान्ड्याबाट ३४ रनमा क्याच आउट भएपछि अष्ट्रेलिया समस्यामा परेको थियो । सर्टले ३८ बलमा ३ चौका प्रहार गरे । चहलले १७ औं ओभरको अन्तिम बलमा म्याथ्यु वेडलाई कप्तान विराट कोहलीबाट ७ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया १२२–५ को कमजोर अवस्थामा पुगेको थियो ।

१८ औं ओभरको चौथो बलमा हेनरिक्स मोइसेस ३० रनमा एलबिडब्लू आउट भएपछि अष्ट्रेलिया जित टाढिएको थियो । २० बलमा १ चौका र १ छक्का प्रहार गरे । सन एबट र मिचेल स्विपसन १२–१२ रनमा अविजित रहे ।

स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजा घाइते भएपछि ‘कन्कसन’ परिवर्तनको नियमअनुसार चहलले उनको स्थानमा बलिङ गरेका थिए । भारतका लागि पहिलो टि२० खेल खेलेका नटराजनले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । दीपक चहरको नाममा एक विकेट रह्यो ।

त्यसअघि मानुका ओभल क्यानबेरामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । जडेजाले २३ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । ओपनर लोकेश राहुलले ४० बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

भारतले ११ रन जोड्दा ओपनर शिखर धवनलाई ब्यक्तिगत एक रनमा गुमाएको थियो । तीव्र गतिका बलर मिचेल स्टार्कले तेसो ओभरको पाँचौ बलमा धवनलाई एक रनमा बोल्ड आउट गर्दै अष्ट्रेलियालाई पहिलो सफलता दिलाए । सातौं ओभरको चौथो बलमा स्पिनर मिचेल स्वेपसनले आफैं क्याच लिँदै कप्तान विराट कोहलीलाई ९ रनमा पेभिलिएन फर्काएपछि भारत दबाबमा परेको थियो ।

कोहली आउट भएपछि मैदानमा छिरेका युवा ब्याट्सम्यान सन्जु स्यामसनले राम्रो ब्याटिङको संकेत देखाएका थिए । तर हेनरिक्स मोइसेसको बलमा सट खेल्नेक्रममा स्यामसन कभरमा स्विपसनबाट २३ रनमा समातिन पुगे । स्यामसनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

१३ औं ओभरको चौथो बलमा स्पिनर स्पिनर एडम जाम्पाको एक्स्ट्रा बाउन्स बलमा टप एज लागेर थर्डम्यानमा जोश हेजलवुडबाट क्याच भएपछि भारत समस्यामा परेको थियो । १४ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका राहुल लङअनमा सन एबटबाट क्याच आउट भएपछि भारत ९२–५ को कमजोर अवस्थामा पुगेको थियो ।

हेनरिक्सकको १७ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने क्रममा हार्दिक पान्ड्या लङअफमा स्टिभ स्मिथबाट १६ रनमा समातिएपछि भारतको ठूलो योगफलको सम्भावना सकिएको थियो । हार्दिकले १५ बलमा १ छक्का प्रहार गरे । वासिन्टन सुन्दर ७ रनमा क्याच आउट भए ।

अष्ट्रेलिया मध्यगतिका बलर हेनरिक्स मोइसेसले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर एडम जाम्पाले ४ ओभरमा २० रन खर्चिदै एक विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मिचेल स्विपसनले एक विकेट लिए । दोस्रो खेल आइतबार सिड्नीमा हुने छ ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.