default_image

4 years ago

December 4, 2020

आइपिएलमा दुई नयाँ टोलीको सम्भावना

85 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दुई नयाँ टोली थपिने सम्भावना छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले यस विषयमा छलफलमा गरिरहेको छ ।

बिसिसिआईको आगमी वार्षिक साधारण सभामा दुई टोली थप्ने वा नथप्ने निर्णय गर्ने छ । बिसिसिआईको आगमी साधरण सभा डिसेम्बर २४ मा मुम्बईमा हुने कार्यक्रम छ । आइपिएल सन् २००८ देखि आठ टोलीबीच सुरु भएको थियो ।

सन् २०२० मा अघिल्लो महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जितेको थियो । मुम्बईको आइपिएल पाँचौ उपाधि थियो ।

बिसिसिआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आइपिएल फाइनलमा दुई नयाँ टोली थप्ने अनौपचारिक छलफल गरेको बुझिएको छ । औपचारिक छलफल आइपिएल गर्भनिंग काउन्सिल बैठकमा गर्नुपर्ने भएपनि हालसम्म नभएको बुझिएको छ । बिसिसिआई साधारण सभाले स्विकृती दिएमा दुई नयाँ टोली थपिने छन् ।

आइपिएलमा १० टोलीबीच एकै संस्करणमा प्रतिस्पर्धा भने भइसकेको छ । सन् २०११ मा पहिलो पटक १० टोलीले प्रतिस्पर्धा भएको थियो । उक्त सिजनमा पुणे वारियर्स र कोची टस्कर्स थपिएका थिए । सन् २०१३ मा आइपिएलमा ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । नौ र १० टोलीलाई होम अवेको आधारमा खेलाउँदा प्रतियोगिता धेरै लामो हुने हुँदा सन् २०१४ देखि आठ टोलीबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.