4 years ago
December 4, 2020
एजेन्सी – इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँगको तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:४५ पछि केप टाउनमा सुरु हुनेछ ।
टि२० सिरिजमा क्लिनस्विप गरेको इंग्ल्यान्ड ओडिआई सिरिजमा पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । दक्षिण अफ्रिका टि२० सिरिजको हारबाट पाठ सिक्दै ओडिआईमा आफ्नो साख जोगाउन खोज्ने छ ।
चोटका कारण दक्षिण अफ्रिका प्रमुख तीव्र गतिका बलर कागिसो रबाडा टोलीमा छैनन् । दक्षिण अफ्रिका बलिङ युनिट केहि कमजोर बन्न सक्छ । कप्तान तथा विकेटकिपर क्विन्टन डी ककलाई ओडिआईमा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक पर्दछ । टि२० सिरिजमा भने डी ककले अपेक्षित पर्दशन गर्न नसक्दा दक्षिण अफ्रिका केहि दबाबमा परेको थियो । डी ककको साथ जान्नेमान मलानले ओपनिङ गर्ने छन् । युवा ब्याट्सम्यान मलानले गत मार्चमा अष्ट्रेलियाविरुद्ध १ सय २९ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।
यी दुई ब्याट्सम्यानको सुरुवाती उत्कृष्ट प्रर्दशन गर्न सके तल्लोक्रमका ब्याट्सम्यानलाई खेल्न सहज हुने छ । टि२० सिरिजमा राम्रो प्रर्दशन गरेका रास्सी भान डर डुसेनले मध्यक्रमका राम्रो इनिङ खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याउन सक्छन् । जेजे स्मट्स, हेनरिक क्लासेन र डेभिड मिलरलाई मध्यक्रममा जिम्मेवारीका साथ उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ । तीव्र गतिका बलरमा एन्डिलो फेहलुकुवओ, एनरिच नोर्किया र लुन्गी एनगिडीको सम्भावना छ । तबरेज शाम्सी इंग्ल्यान्डका ब्याट्सम्यानलाई टाउको दुखाईका स्पिनर बन्न सक्छन् ।
यता इंग्ल्यान्डले आफ्ना प्रमुख अलराउन्डर बेन स्टोक्सलाई भने ओडिआई सिरिजमा बिश्राम दिएको छ । स्टोक्ससँगै जोफ्रा आर्चर र युवा अलराउन्डर साम करन पनि ओडिआई सिरिजको लागि विश्राममा छन् । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टो र जेसन रोय दुबै उत्कृष्ट इनिङका लागि चिनिन्छन् । यी दुई क्रिजमा लामो समय टिक्नु दक्षिण अफ्रिका घातक बन्ने छ ।
जो रुट, कप्तान ओईन मोर्गन र विकेटकिपर जस बटलर जस्ता विश्वस्तरिय उत्कृष्ट ब्याट्सम्यान हुँदा मध्यक्रम इंग्ल्यान्डको मजबुत छ । यी तीनै ब्याट्सम्यान म्याच विनर खेलाडी हुन् । तल्लोक्रममा साम विलिंग्सलाई खेलाउँदा अलराउन्डरमा टम करनलाई मैदान उतार्ने छ । तीव्र गतिका बलर क्रिस वोक्स र स्पिनर आदिल राशिद पनि ब्याटिङको क्षमता राख्ने हुँदा इंग्ल्यान्डको ब्याटिङमा गहिराई छ । मार्कवुड र लुईस ग्रेगरी तीव्र गतिका बलरको रुपमा खेल्ने सम्भावना छ । लुईसको स्थानमा ओली स्टोनलाई पनि मौका दिन सक्छ ।
इंग्ल्यान्ड सन् २०२३ को एकदिवसिय विश्वकप तयारीको सुरु गर्ने छ । सन् २०१५ देखि तयारी सुरु गर्दा २०१९ मा इंग्ल्यान्डले विश्वकप जितेको थियो । बलियो इंग्ल्यान्डलाई हराउन दक्षिण अफ्रिका सहज देखिदैन । दक्षिण अफ्रिकाले घरेलु मैदानको फाइदा भने उठाउन सक्छ । इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हालसम्म ६३ ओडिआई खेल भएका छन् । जसमा दक्षिण अफ्रिका ३० खेलमा विजयी हुँदा २८ खेलमा पराजित भएको छ । एक बराबर र चार खेल नतिजा विहिन छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]