4 years ago
December 4, 2020
एजेन्सी – कप्तान केन विलियम्सनको उत्कृष्ट दोहोरो शतकमा न्युजिल्यान्डले वेस्टइन्डिजसँगको पहिलो टेष्ट खेलमा विशाल अग्रता लिएको छ ।
हामिल्टनमा जारी खेलको दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ४ सय ७० रनको विशाल अग्रता लिएको छ । टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले दोस्रो दिन १४५ ओभरमा ५१९–७ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४ सय १२ बलमा ३४ चौका र २ छक्का सहित २ सय ५१ रनको आफ्नो टेष्ट करिअरकै सर्वोत्कृष्ट प्रर्दशन गरे । विलियम्सन तीव्र गतिका बलर अल्जारी जोशेफको १ सय ४२ औं ओभरको पाँचौ बलमा रोस्टन चेशबाट क्याच आउट हुन पुगे ।
विलियम्सनले १२५.२ ओभरमा केमार रोचलाई चौका प्रहार दोहोरो शतक पूरा गरेका थिए । यो विलियम्सनको टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन पर्दछ । तीनै दोहोरो शतक विलियम्सनले घरेलु मैदानमा प्रहार गरेका हुन् । यसअघि विलियम्सनले गतवर्ष बंगलादेशविरुद्ध २ सय रन र २०१५ मा श्रीलंकाविरुद्ध २ सय ४२ रनको अविजित दोहोरो शतकीय इनिङ खेलेका थिए ।
ओपनर टम लाथम १ सय ८४ बलमा १२ चौका र १ छक्का सहित ८६ रनमा केमार रोचको बलमा बोल्ड आउट भए । अर्का ओपनर विल योंग ५, रस टेलर ३८, हेनरी निकोलस ७, टम ब्लन्डेल १४ रनमा आउट भए । तल्लोक्रममा युवा अलराउन्डर काइल जामिसन ६४ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । जुन उनको टेष्टको पहिलो अर्ध शतक हो । टिम साउथी ११ रनमा अविजित रहे ।
वेस्टइन्डिजका तीव्र गतिका बलर केमार रोचले ३० ओभरमा ७ मेडन राख्दै १ सय १४ रन खर्चेर ३ विकेट लिए । शनोन ग्रेबियलले २५ ओभरमा ६ मेडन सहित ८९ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफको नाममा एक विकेट रह्यो । दोस्रो दिन पहिलो इनिङ थालेको वेस्टइन्डिजले २६ ओभरमा कुनै विकेट नगुमाउँदै ४९ रन बनाएको छ । ओपनर जोन क्याम्बेल २२ र क्रेग ब्रेथवेट २० रनमा अविजित छन् ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]