default_image

4 years ago

December 4, 2020

अष्ट्रेलिया र भारतबीचको पहिलो टि२० आज

83 views

0 Bookmark

एजेन्सी – भारत र अष्ट्रेलियाबीचको तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:५५ पछि मानुका ओभल क्यानबेरामा हुनेछ ।

यी दुवै टोलीले यस सिरिजलाई आगमी वर्ष भारतमा हुने टि२० विश्वकप तयारीको रुपमा लिने छन् । तीन ओडिआई सिरिज २–१ ले गुमाएको भारत टि२० सिरिज जित्दै आफ्नो साख जोगाउन चाहन्छ । अष्ट्रेलिया ओडिआई सिरिजको नतिजालाई निरन्तरता दिन खोज्ने छ ।

अष्ट्रेलिया ओपनर डेभिड वार्नरले टि२० सिरिज गुमाउने छन् । उनको स्थानमा डार्सी सर्ट वा म्याथ्यु वेड मध्य एकले ओपनिङ गर्ने छन् । पछिल्लो समयको लयलाई हेर्दा वेड र कप्तान अरोन फिन्चले ओपनिङ गर्ने सम्भावना देखिन्छ । स्टिभ स्मिथले ओडिआई सिरिजमा सुरुवाती दुई खेलमा लगातार शतक प्रहार गरेका थिए ।

राम्रो लयमा रहेका स्टिभ स्मिथ प्रर्दशन अष्ट्रेलियालाई निकै महत्वपूर्ण हुने छ । ग्लेन म्याक्सवेल उत्कृष्ट लयमा छन् । उनले ओडिआई सिरिजमा १९४.१८ को स्ट्राइक रेटमा १ सय ५७ रन जोडेका थिए । उनी भारतीय बलरलाई पुनः घातक बन्न सक्छन् ।

म्याक्सवेलले चौथो नम्बरमा ब्याटिङ गर्ने छन् । म्याक्सवेलले टि२० आईमा तीन शतक प्रहार गरेका छन् । जसक्रममा पछिल्लो पटक गतवर्ष भारतमै उनले टि२० खेलमा १ सय १३ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै सानदार जित दिलाएका थिए ।

मिचेल स्टार्क अन्तिम ओडिआई खेलमा टोली बाहिर थिए । स्टार्क पूर्णरुपमा फिट नभएको खण्डमा एन्ड्रयु टाईले स्थान लिने छन् । स्पिनर एस्टन अगर र एडम जाम्पालाई मैदान उतार्ने छ । जोश हेजलवुड र सन एबट तीब्र गतिका बलरको रुपमा खेल्ने छन् । हेजलवुड राम्रो लयमा छन् ।

भारतको ओपनिङ लोकेश राहुल र शिखर धवनले गर्ने छन् । कोहली र सन्जु स्यामसनले मध्यक्रम सम्हाल्ने छन् । श्रेयस ऐर र मनिष पान्डे मध्य एकलाई मौका दिने छ । मनिषको सम्भावना बढी देखिन्छ । अन्तिम ओडिआईमा उत्कृष्ट प्रर्दशन गरेका अलराउन्डर रविन्द्र जडेजा र हार्दिक पान्ड्या अष्ट्रेलियालाई घातक बन्न सक्छन् ।

हार्दिकको लय रोक्न कठिन पर्न सक्छ । तीव्र गतिका बलरमा टि नटराजनले टि२० आईमा डेब्यु गर्ने सम्भावना छ । जस्प्रित बुमराहको प्रर्दशन महत्वपूर्ण हुने छ । टि२० स्पेलिष्ट दीपक चहरले नयाँ बलका साथ बलिङ गर्नेछन् ।

भारत र अष्ट्रेलियाबीच २० टि२० आई खेल भएका छन् । जसमा अष्ट्रेलिया ८ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । एक खेलको नतिजा बिहिन छ । भारतसँगको पछिल्ला पाँच टि२० खेलमा अष्ट्रेलिया तीन खेलमा विजयी भएको छ । पछिल्लो पटक यी दुई टोलीबीच गतवर्ष फ्रेबुअरीमा बंगलोरमा भारत अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । १ सय ९१ रनको विजयी लक्ष्य अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको शतकमा दुई बल अगाडिनै तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

टि२० वरियतामा इंग्ल्यान्ड शीर्ष, अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छन् । इंग्ल्यान्ड र अष्ट्रेलियाको रेटिङ अंक समान २ सय ७५ छ । भारतको २ सय ६६ रेटिङ अंक छ । अष्ट्रेलिया भारतसँगको टि२० सिरिज जित्दै शीर्षस्थानमा फर्किन खोज्ने छ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.