default_image

4 years ago

December 3, 2020

क्रिकेट प्रशिक्षकका ५ सम्भावित उम्मेदवार

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्ति पक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

भदौमा खुल्ला आव्हानमा गर्दा कुल ७२ जनाले नेपालको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको थियो । क्यानले अन्तरवार्तामा १५ जना नाम छनोट गरेको थियो । १५ मध्य १२ जना अन्तरवार्तामा सहभागी भएका थिए । तीन जना व्यक्तिगत कारण उपस्थित हुन सकेनन् । क्यानले यसै महिना भित्र सम्भव त मुख्य प्रशिक्षकको नाम सार्वजनिक गर्ने छ ।

नेपाली क्रिकेट टोली झण्डै एक वर्ष देखि अन्तर्राष्ट्रिय प्रशिक्षक विहिन छ । गत माघमा आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिजसँगै भारतीय प्रशिक्षक उमेश पटवालले पारिश्रमिक कर बढी लगाएको भन्दै राजीनामा दिएका थिए । त्यसयता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक जगत टमटाले नेपाली क्रिकेटलाई सम्हाल्दै आएका छन् ।

यसपटक क्यानले खुल्लाह आवाह्न गर्दा नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न टेष्ट टोलीका खेलाडी धेरै रुचि देखाएका थिए । विश्वकप विजेता प्रशिक्षक देखि नेपाली क्रिकेटका पूर्व सफल प्रशिक्षक पुबुदु दसानायके सम्म दौडमा छन् । क्यानले सेवा सुविधामा कुनै कन्जुसाई नगरे स्तरिय प्रशिक्षक आउने देखिन्छ ।

स्रोतका अनुसार नेपालको प्रशिक्षक बन्न मासिक तलब (पारिश्रमिक) १० देखि २० हजार डलर माग गरेका छन् । पछिल्लो समय क्यान एकपछि अर्को विवादमा फस्दै आएको छ । क्यानले केहि राम्रो काम गर्न सक्दैन भन्ने आलोचकलाई उच्च स्तरतीय प्रशिक्षक ल्याउँदै राम्रो जवाफ दिन लागेको क्यान निकट उच्च स्रोत बताउँछन् ।

दक्षिण अफ्रिका लान्स क्लुजनरको सम्भावना र चर्चा भने हल्लामात्रै रहेको छ । लान्स नेपाल आउन इच्छुक भने थिए । उनले एजेन्ड मार्फत आफू प्रशिक्षक हुने पक्का भएमा आवदेन दिने सर्त राखेका थिए । तर क्यानले लान्स भन्दा पनि राम्रो स्तरको आउन सक्ने भन्दै उनको प्रस्ताव सिधैं अस्विकार गरेको स्रोतले जनाएको छ । पछिल्लो समय नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रर्दशन खस्किदो छ ।

सन् २०२३ पछि ओडिआई मान्यतालाई निरन्तरता दिन मुख्य चुनौती देखिन्छ । टि२० विश्वकप हुँदै टेष्ट क्षमताको स्तरमा पुर्याउन सक्ने क्षमताको प्रशिक्षक नेपाली क्रिकेटलाई आवश्यक देखिन्छ । स्रोतका अनुसार १२ जना मध्य पाँच क्यानको पहिलो रोजाईमा छन् । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन सक्ने सर्वाधिक पाँच बलिया दाबेदार यस प्रकार छन् ।

५. पुबुदु दसानायके (श्रीलंका)

श्रीलंका क्रिकेट टोलीका पूर्व खेलाडी पुबुदु दसानायके नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक हुन् । सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले क्रान्तिकारी परिवर्तन ल्याएको थियो । सन् २०१४ मा नेपालले पहिलो पटक टि२० विश्वकप खेलेको थियो । नेपाली क्रिकेटलाई नजिकबाट निहाली रहेका पुबुदुलाई ल्याउँदा नयाँ फड्को मार्न सक्ने क्यानले आशा राखेको छ ।

नयाँ प्रशिक्षक ल्याउँदा खेलाडी बुझ्नै लामो समय लाग्ने समस्याबाट बच्न पुबुदु त्यसको विकल्पमा छन् । यसभन्दा अघि तपाईंहरुसँगै काम गरेको हुँदा समय अनुसार सेवा सुविधा दिन पुबुदुले भनेका छन् । पुबुदु नेपाल आउन धेरै इच्छुक छन् ।

४. निल म्याकरे (स्कटल्यान्ड)

४८ वर्षिय इंल्यान्डका मुलका स्कटल्यान्डका पूर्व ब्याट्सम्यान निल म्याकरे पनि नेपाल आउने सम्भावना बोकेका अर्का प्रशिक्षक हुन् । इंग्ल्यान्डमै जन्मेर हुर्केका म्याकरेले स्कटल्यान्डबाट २ ओडिआई, ६ प्रथम श्रेणी र १७ लिष्ट ए खेल खेलेका छन् ।

म्याकरेले जर्सीको क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । उनको इंग्ल्यान्ड क्रिकेट बोर्डसँगै अन्य ठूला संघसँग पनि राम्रो सम्बन्ध रहेको बुझिएको छ । अर्कोतर्फ निल म्याकरे अन्य प्रशिक्षक भन्दा केहि सस्तो मूल्यमा नेपाल आउन खोजेका छन् ।

३. टटेन्डा ताइबु (जिम्बावे)

जिम्बावेका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान टटेन्डा ताइबु क्यानको शीर्ष रोजाईमा छन् । ३७ वर्षिय ताइबुले २८ टेष्टमा एक शतक र १२ अर्ध शतक सहित कुल १५ सय ४६ रन बनाएका छन् । १ सय ५० ओडिआई खेलमा २ शतक र २२ अर्ध शतक सहित ३ हजार ३ सय ९३ रन बनाएका छन् । १७ टि२० आई, १ सय २१ प्रथम श्रेणी र २ सय ३१ लिष्ट ए खेलेका छन् ।

उनले २००१ देखि २०१२ सम्म जिम्बावेबाट खेलेका थिए । उनको नाममा अफगानिस्तानका स्पिनर राशिद खान अघि विश्वका सर्वाधिक कान्छा टेष्ट कप्तानको कीर्तिमान थियो । उनले मात्र २९ वर्षको समयमा क्रिकेटबाट सबैलाई आश्चर्य रुपमा सन्न्यास लिदै चर्चमा काम गर्ने निर्णय लिएका थिए ।

जिम्बावेका एक सफल खेलाडी ताइबु नेपाल आउन रुचि देखाइरहेका छन् । कमजोर ब्याटिङ समस्या अन्त्य गर्न क्यान पनि ताइबुलाई लिन सकारात्मक र इच्छुक देखिएको छ ।

२. अपुर्व देशाईं (भारत)

नेपाली क्रिकेट टोलीको प्रशिक्षकको रुपमा अपुर्व देशाई आउने उच्च सम्भावना छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँगै अन्य विश्वका क्रिकेट बोर्डसँग निकै राम्रो सम्बन्ध रहेको अपुर्व आउँदा नेपालले विदेशमा गएर राम्रो देशसँग खेल्न सक्ने क्यानले आशा राखेको छ । देशाईले नेपाली क्रिकेटलाई नजिकबाट पनि हेर्दै आएका छन् ।

देशाईं सन् २०१५ मा आयरल्यान्डमा आयोजना भएको टि–ट्वान्टी विश्वकप छनोट र विश्व क्रिकेट लिगअन्तर्गत आयरल्याण्डसँगको खेल अघिसम्म प्रशिक्षण दिएका थिए । नेपालले सन् २०१७ मा भारतीय यु१९ टोलीलाई हराउँदा देशाईं ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेका थिए । अपुर्व भारतीय क्रिकेट टोली र आइपीएल टोली कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिइसकेका छन् । ब्याटिङलाई सहयोग गर्न २०७५ मा मलेसियामा भएको एसिया कप छनोटको लागि नेपाल आएका थिए । उनले गुजरातका लागि प्रथम श्रेणी क्रिकेट खेलेका छन् ।

अर्कोतर्फ भारतीय प्रशिक्षक ल्याउँदा भाषामा पनि कुनै समस्या नहुने हुँदा देशाईंको सम्भावना उच्च छ । तर देशाईंको अन्य ठूला टेष्ट टोलीमा पनि सम्भावना बलियो हुँदा नेपालसँग थोरै समयको सम्झौता गर्न खोजि रहेका छन् । अर्कोतर्फ उनी पार्टटाइमको रुपमा काम गर्न चाहेको बुझिएको छ ।

१. डेभ वाटमोर (अष्ट्रेलिया)

नेपाली प्रशिक्षकको दौडका अष्ट्रेलियाका पूर्व खेलाडी डेभ वाटमोर सबैभन्दा पहिलो रोजाईमा छन् । नेपाली क्रिकेटको प्रशिक्षक बन्न उनको सेवा सुविधा मिलेको खण्डमा भने उमेरले खासै फरक पार्ने छैन । उनले आफ्नो पारिश्रमिक ताकेका छैनन् । नेपाल आउन धेरै रुचि र इच्छुक भएको हुँदा एजेन्डसँगै पारिश्रमिकमा कुरा मिलाउन जवाफ दिएका छन् ।

आइसीसीसँग कुरा गरेर उनको उमेरलाई नेपाल आउने बाटो खुलाउन सक्नेमा क्यान सकरात्मक छ । क्यानले प्रशिक्षक बन्न ६० वर्ष ननाघेको हुनुपर्ने योग्यतामा तोकेको थियो । वाटमोरको उमेर ६६ वर्ष छ । क्यान क्रिकेट टोलीको स्तर वृद्धीसँगै आफ्नो आलोचकलाई राम्रो जवाफ दिन पनि वाटमोरलाईनै ल्याउन खोजि रहेको छ ।

कम्तिमा एक वर्ष सम्मको लागि भएपनि वाटमोरलाई नेपाल ल्याउन सके क्रिकेटको स्तरमा धेरै सुधार हुने छनोट समितिकै एक सदस्य बताउँछन् । वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, १ ओडिआई, १ सय ८ प्रथम श्रेणी खेलेका छन् । वाटमोरको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा पहिलो पटक एक दिवसियि विश्वकप जितेको थियो ।

विश्व क्रिकेटमा एक सफल प्रशिक्षकका रुपमा छवी बनाएका वाटमोरले ठूला देशको प्रशिक्षकको रुपमा काम गरेका छन् । सन् २००३ देखि २००७ सम्म बंगलादेशमा प्रशिक्षकको रुपमा काम गरेका थिए । बंगलादेशले सन् २००७ मा एकदिवसिय विश्वकपमा भारत र दक्षिण अफ्रिकालाई हराउँदै सनसनी मच्चाएको थियो । आइपिएलमा २०१० र २०११ मा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा काम गरेका थिए ।

सन् २०१२ मार्चमा पाकिस्ताको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । पाकिस्तानले बंगलादेशलाई हराउँदै एसिया कप जितेको थियो । सन् २०१४ डिसेम्बरमा जिम्बावेको टोली सम्हालेका उनले २०१६ मे मा छोडेका थिए । २०२० फ्रेबुअरीमा सिंगापुरको प्रशिक्षकको रुपमा नियुक्त हुँदै केहि समय काम गरेका थिए । वाटमोरलाई थोरै समयको लागि भएपनि ल्याउन खोजिएको स्रोत बताउँछ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.