default_image

4 years ago

December 3, 2020

विलियम्सन चम्कँदा न्युजिल्यान्ड बलियो योगफलतर्फ अग्रसर

70 views

0 Bookmark

एजेन्सी – कप्तान केन विलियम्सन र ओपनर टम लाथमको उत्कृष्ट प्रर्दशनमा न्युजिल्यान्डले पहिलो टेष्टको पहिलो दिन वेस्टइन्डिजविरुद्ध राम्रो सुरुवात गर्दै बलियो योगफतर्फ अघि बढेको छ ।

सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले पहिलो दिनको समाप्तिमा ७८ ओभरमा २ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको छ । कप्तान केन विलियम्सन आफ्नो टेष्ट करिअरको २२ औं शतक नजिक छन् । विलियम्सन २ सय १९ बलमा १६ चौका सहित ९७ रनमा अविजित छन् ।

विलियम्सनलाई अनुभवी ब्याट्सम्यान रस टेलरले ६१ बलमा ५ चौका सहित ३१ रनबाट दोस्रो दिन साथ दिने छन् । तेस्रो विकेटका लागि विलियम्सन र टेलरले १ सय ३७ बलमा ७५ रनको अविजित साझेदारी गरेका छन् ।

न्युजिल्यान्डले १४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । वेस्टइन्डिजका तीव्र गतिका बलर शनोन ग्रेबियलले डेब्यू खेल खेलेका विल याेंगलाई चौथो ओभरको अन्तिम बलमा ५ रनमा एलबिडब्लू आउट गरे । उनले ११ बलमा १ चौका प्रहार गरे । पहिलो विकेट सस्तैमा गुमाएपनि दोस्रो विकेटका लागि विलियम्सन र लाथमले १ सय ५४ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

लाथम ५६ औं ओभरमा शतक नजिक पुगेर आउट भए । लाथमलाई केमार रोचले ८६ रनमा बोल्ड आउट गर्दै टेष्ट करिअरको १२ औं शतक पूरा गर्न दिएनन् । लाथमले १ सय ८४ बलमा १२ चौका र १ छक्का प्रहार गरे । वेस्टइन्डिजले पहिलो दिन ६ बलर प्रयोग गर्दा केमार रोच र शनोन ग्रेबियलले एक एक विकेट लिएका छन् ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.