default_image

4 years ago

December 3, 2020

अष्ट्रेलियाले भारतसँग हार्नुका चार कारण

100 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया भारतसँग तेस्रो ओडिआई खेलमा १३ रनले पराजित हुन पुगेको छ । मानुका ओभल क्यानबेरामा सम्पन्न तेस्रो खेलमा भारतले जित निकाल्दै क्लिनस्विप हुनबाट बच्यो ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया ४९.३ ओभरमा अल आउट हुँदै २ सय ८९ रनमा समेटियो । अन्तिम खेलको जितले भारतलाई टि२० सिरिजमा फाइदा पुग्ने छ । अष्ट्रेलियालाई आफ्नो कमजोरी सुधार गर्ने अवसर रहने छ । अष्ट्रेलिया पहिलो खेलमा ६६ रन र दोस्रोमा ५१ रनले विजयी भएको थियो । अष्ट्रेलियाले तेस्रो खेलमा भारतसँग हुनुका चार कारण यस प्रकार छन् ।

४. वार्नरको अभाव

सुरुवाती दुई खेलमा ओपनर डेभिड वार्नर र आरोन फिन्चले उत्कृष्ट साझेदारी गर्दा अष्ट्रेलियाले ३ सय ५० भन्दा माथिको योगफल सहजै कटाएको थियो । पहिलो खेलमा ३ सय ७४ रन बनाउने क्रममा फिन्च र वार्नरले १ सय ५६ रनको ओपनिङ साझेदारी गरेका थिए । दोस्रो खेलमा ३ सय ८९ रन बनाउने क्रममा फिन्च र वार्नरले १ सय ४२ रनको साझेदारी गरेका थिए ।

कुनै पनि टोलीलाई बलियो योगफल पूरा गर्न ओपनिङ राम्रो सुरुवातको आवश्यक पर्दछ । वार्नर चोटको कारण सिरिज बाहिर हुनुपर्यो । तेस्रो खेलमा वार्नरको स्थानमा मार्नस लाबुसेनलाई ओपनिङ गराएको थियो । तर लाबुसेन ७ रनमा आउट हुन पुगे । तेस्रो खेलमा लाबुसेन र फिन्चले मात्र २५ रनको साझेदारी गरेका थिए । वार्नर पहिलो खेलमा ६९ र दोस्रो खेलमा ८३ रनमा आउट भएका थिए । वार्नरको लयलाई रोक्न भारतीय बलरलाई सहज पक्कै हुने थिएन ।

उत्कृष्ट सुरुवात हुँदा तल्लोक्रमका ब्याट्सम्यानलाई खेल्न पनि सहज हुन सक्थ्यो । तेस्रो खेलमा अष्ट्रेलियाको ओपनिङमा वार्नरको अभाव महसुस भएको थियो । वार्नर भएको भए सायद नतिजा अष्ट्रेलियाको पक्षमा जान सक्थ्यो ।

३. केरी हतारमा रन आउट

अष्ट्रेलिया एक समय ३०.५ ओभरमा १५८–५ को अवस्थामा थियो । अष्ट्रेलिया अन्तिम ब्याट्सम्यानको रुपमा ग्लेन म्याक्सवेल विकेटकिपर एलेक्स केरी क्रिजमा थिए । टोलीमा त्यसपछि ब्याटिङको लागि मैदान आउने अन्य खेलाडी अलराउन्डर थिए । म्याक्सवेल र केरीले राम्रो साझेदारी गर्नुपर्ने आवश्यकता थियो ।

छैटौं विकेटका लागि केरी र म्याक्सवेलले ५२ रनको साझेदारी गरेका थिए । भारत साझेदारी तोड्न प्रयासरत थियो । भारतलाई यस साझेदारीको महत्व राम्रोसँग थाहा पनि थियो । रविन्द्र जडेजाको ३८ औं ओभरको चौथो बलमा केरी सट खेल्ने क्रममा मिस हुँदा भारतीय खेलाडीले एलबिडब्लू आउटको अपिल गर्दै दबाब बढाउन खोजेका थिए । केरीले बल मिडविकेटमा गएको चाल पाउन सकेनन् । एक रनको लागि उनी क्रिजबाट धेरै अघि निस्किए । बल कोहलीको हात नजिकै हुँदा म्याक्सवेलले सुरुमै अस्विकार गर्दै नन स्ट्राइकमा बसेका थिए ।

केरी पिचको मध्यभागमा आएर पुन: स्ट्राइकमा फर्किने क्रममा विकेटकिपर लोकेश राहुलबाट रन आउट हुन पुगे । केरी रन आउट हुनुअघि २१०–५ को राम्रो अवस्थामा हुँदा हतार गर्न कुनै आवश्यक देखिदैन थियो । केरीले मैदानमा धैर्यता देखाउदै एक रन लिन नखोजेको भए रन आउटको शिकार हुनुपर्ने थिएन । जसले गर्दा नतिजा सहजै अष्ट्रेलियाको पक्षमा जान सक्थ्यो ।

२. म्याक्सवेल फिनिसिङमा असफल

भारतको जितको टर्निङ प्वाइन्ट म्याक्सवेलको विकेट थियो । अष्ट्रेलियालाई अन्तिम ६ ओभरमा जितको लागि ३९ रन आवश्यक थियो । म्याक्सवेल आक्रामक रुपमा ३६ बलमा ५८ रनमा खेलि रहेको हुँदा अष्ट्रेलियाले सहजै जित दिलाउने अनुमान गरिएको थियो । तर ४५ औं ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले ठूलो सट खेल्न खोजेका म्याक्सवेल योर्करमा ५९ रनमा बोल्ड आउट भएपछि अष्ट्रेलियाको जितको आशा टाढिएको थियो ।

म्याक्सवेलपछि टोलीमा ठूला सट प्रहार गर्न सक्ने कुनै खेलाडी थिएनन् । त्यसैले म्याक्सवेल फिनिसिङ गरेर फर्किनु पर्ने थियो । तर बुमराहको बलमा बोल्ड आउट हुन पुगे । जुन आउट मात्र थिएन । जितको सम्भावना पनि टाढिएको थियो । म्याक्सवेलले उत्कृष्ट ब्याटिङलाई जिम्मेवारीका साथ थप निरन्तरता दिएको भए सहजै जित निकाल्न सक्थ्यो ।

१. हार्दिक र जडेजाको साझेदारी तोड्न नसक्नु

भारत एक समय २ सय ७० को आसपासमा समेटिने अवस्थामा पुगेको थियो । ३२ ओभरको अन्तिम बलमा कप्तान विराट कोहली ६३ रनमा आउट हुँदा भारत १५२–५ को कमजोर अवस्थामा थियो । भारतको अन्तिम आशा हार्दिक पान्ड्या र रविन्द्र जडेजा थिए । यी दुई अलराउन्डरलाई चाँडै आउट गर्न सकेको खण्डमा भारतलाई २ सय ५० को योगफलमा पुग्न पनि कठिन देखिन्थ्यो ।

छैटौं विकेटका लागि हार्दिक र जडेजाले १ सय ८ बल अर्थात १८ ओभरमा १ सय ५० रनको उत्कृष्ट साझेदारी गर्दै ३ सय रन माथिको योगफल कटाएका थिए । हार्दिक ९२ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए । जडेजा ६६ रनमा अविजित रहे । यी दुई अलराउन्डरलाई समयमै आउट गर्न सकेको भए त्यपछि ब्याटिङको लागि मैदानमा आउने सबै प्रमुख बलर थिए । जसको कारण भारत सस्तैमा समेटिने थियो । नतिजा पनि अष्ट्रेलिया पक्षमा आउन सक्थ्यो ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.