default_image

4 years ago

December 2, 2020

कोहली ११ वर्षपछि शतकविहिन

114 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली ११ वर्षपछि आफ्नो ओडिआई करिअरमा पहिलो पटक शतकविहिन बनेका छन् ।

कोहलीले सन् २००८ अगष्टमा श्रीलंकाविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । सन् २००८ देखि २०२० सम्म आउँदा कोहली ओडिआई क्रिकेटका एक सफल ब्याट्सम्यान बनेका छन् । वर्तमान समयका एक उत्कृष्ट ब्याट्सम्यान कोहलीले ११ वर्षपछि ओडिआईमा शतक बनाउन सकेनन् । कोहलीले सन् २०२० को अन्तिम ओडिआईको रुपमा अष्ट्रेलियासँगको तीन ओडिआई सिरिज खेलिसकेका छन् ।

क्यानबेरामा भएको तेस्रो ओडिआईमा कोहलीले बनाएको ६३ रन उनको सन् २०२० को अन्तिम इनिङ हो । ओडिआई क्रिकेटमा सचिन तेन्दुलकरपछि सर्वाधिक शतक प्रहार गर्ने कोहली सन् २००८ पछि २०२० मा पहिलो पटक शतकविहिन बनेका छन् । अन्य सबै वर्षमा कोहलीले शतक प्रहार गरेका थिए ।

कोहलीले पछिल्लो पटक गत अगष्टमा वेस्टइन्डिजविरुद्ध तीन ओडिआई सिरिजको दोस्रो र तेस्रो खेलमा लगातार पोर्ट अफ स्पेनमा १२० र ११४ रनको शतकीय इनिङ खेलेका थिए । त्यसयता कोहलीले ओडिआईमा शतक प्रहार गर्न सकेका छैनन् ।

ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बन्न कोहलीलाई अब मात्र ७ शतकको आवश्यक पर्दछ । कोहलीले २ सय ५१ ओडिआईमा ४३ शतक प्रहार गरेका छन् । सचिनले ४ सय ६३ खेलमा ४९ शतक प्रहार गरेका छन् । कोहलीले सन् २००८ मा पाँच इनिङमा कुनै पनि शतक प्रहार गर्न सकेका थिएनन् ।

सन् २००९ मा ८ ओडिआई इनिङमा एक शतक प्रहार गरेका थिए । सन् २०१० मा २४ इनिङमा ३ शतक र २०११ मा ३४ इनिङमा ४ शतक प्रहार गरेका थिए । सन् २०१२ मा १७ इनिङमा ५ जोडेका थिए । सन् २०१३ मा ३० इनिङमा ४ शतक बनाएका थिए । सन् २०१४ मा २० इनिङमा ४ शतक प्रहार गरेका थिए । सन् २०१५ मा २० इनिङमा २ शतक हिर्काएका थिए ।

सन् २०१६ मा कोहलीले १० इनिङमा ३ शतक प्रहार गरेका थिए । सन् २०१७ मा २६ इनिङमा ६ शतक प्रहार हानेका थिए । सन् २०१८ मा १४ इनिङमा ६ शतक प्रहार गरेका कोहलीले २०१९ मा २५ इनिङमा ५ शतक बनाएका थिए । सन् २०२० मा ९ इनिङमा कुनै शतक प्रहार गर्न सकेनन् । कोहलीले अष्ट्रेलियामा तीन टि२० र चार टेष्ट सिरिजको पहिलो खेलपछि भारत फर्कनेछन् ।

पहिलो टि२० खेल शुक्रबार क्यानबेरामा, दोस्रो आइतबार र तेस्रो तथा अन्तिम टि२० खेल मंगलबार सिड्नीमा हुने छ । चार टेष्ट सिरिजको पहिलो खेल १७ डिसेम्बर देखि २१ सम्म एडिलेड ओभलमा चल्ने छ । कोहली र उनकी श्रीमती अनुष्का शर्मा जनवरीमा पहिलो सन्तानको बाबु आमा बन्दै छन् । जसको कारण कोहली पहिलो टेष्ट खेलेर भारत फर्किने छन् ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.