default_image

4 years ago

December 2, 2020

स्मिथ भारतविरुद्ध ‘प्लेयर अफ द सिरिज’

107 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया पूर्व कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ भारतसँगको ती ओडिआई सिरिजमा ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् ।

अष्ट्रेलियालाई भारतसँगको तीन ओडिआई खेलको सिरिज २-१ ले जिताउन उत्कृष्ट प्रर्दशन गरेका स्मिथले कुल तीन खेलमा दुई शतक सहित २ सय १६ रन बनाए । पहिलो खेलमा ६६ रनको जित दिलाउन स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का सहित १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।

दोस्रो खेलमा भारतलाई ५१ रनले हराउन स्मिथले ६४ बलमा १४ चौका र २ छक्का सहित १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । सुरुवाती दुबै खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिएका स्मिथले ६२ बलमा शतक प्रहार गरेका थिए । जुन अष्ट्रेलियाबाट ओडिआई सर्वाधिक छिटो तेस्रो शतक पर्दछ । अष्ट्रेलिया भारतसँगको तेस्रो खेलमा भने १३ रनको झिनो अन्तरले पराजित हुन पुग्यो । तेस्रो खेलमा भने स्मिथ १५ बल खेल्दै ७ रनमा क्याच आउट हुन पुगेका थिए ।

स्मिथको ओडिआई कुल ११ शतक प्रहार गरेका छन् । जसमा भारतविरुद्ध ओडिआईमा स्मिथले ५ शतक प्रहार गरेका छन् । भारत स्मिथको सबैभन्दा लक्की विपक्ष्य टोली मानिन्छ । स्मिथको पछिल्लो पाँच इनिङ भारतविरुद्ध क्रमशः ७, १०४, १०५, १३१ र ९८ छ । तेस्रो खेलमा ‘प्लेयर अफ द म्याच’ भारतीय अलराउन्डर हार्दिक पान्ड्या घोषित भएका छन् ।

भारतलई अन्तिम खेलमा जित दिलाउन हार्दिकले ७६ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९२ रनमा अविजित रहे । भारत र अष्ट्रेलियाबीच अव तीन टि२० आई र चार टेष्ट सिरिज हुने छ । पहिलो टि२० खेल शुक्रबार क्यानबेरामा हुने छ । दोस्रो आइतबार र तेस्रो मंगलबार दुबै सिड्नी क्रिकेट मैदानमा हुने छन् ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.