default_image

4 years ago

December 2, 2020

अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

92 views

0 Bookmark

एजेन्सी – भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा १३ रनको रोमान्चक जित हात पारेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतको जितसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ । यसअघि दुवै खेलमा अष्ट्रेलियाले जित हासिल गरेको थियो ।

बुधबार जितका लागि ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८९ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया ग्लेन म्याक्सवेलले ३८ बलमा ३ चौका र ४ छक्का सहित ५९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । म्याक्सवेललाई ४५ औं ओभरको चौथो बलमा जस्प्रित बुमराहले योर्करमा बोल्ड आउट गरेका थिए । जुन विकेट भारतलाई जितको टर्निङ प्वाइन्ट बन्यो ।

एक समय अष्ट्रेलियालाई अन्तिम ३६ बलमा ३९ रन आवश्यक हुँदा ४ विकेट हातमा रहेको थियो । कमजोर अन्त्यका कारण पराजित हुन पुग्यो । अष्ट्रेलियाले पहिलो विकेट छैटौं ओभरको पहिलो बलमा ओपनर मार्नस लाबुसेनलाई ७ रनमा गुमाएको थियो । डेब्यू खेल खेलका तीव्र गतिका बलर टि नटराजनको बलमा एज लागेर बोल्ड आउट हुन पुगेका थिए । सुरुवाती दुबै खेलमा शतक प्रहार गरेका स्टिभ स्मिथ भने तेस्रो खेलमा चल्न सकेनन् । तीव्र गतिका बलर शार्दुल ठाकुरको १२ औं ओभरको दोस्रो बलमा लेग साइडमा सट खेल्ने क्रममा स्मिथ एज लागेर विकेटकिपर लोकेश राहुलबाट ७ रनमा क्याच आउट हुन पुगे ।

तेस्रो विकेटका लागि कप्तान आरोन फिन्च र मोईसेस हेनरिक्सले ६१ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । ठाकुरको २३ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा हेनरिक्स मिडअनमा शिखर धवनबाट २२ रनमा क्याच आउट हुन पुगे । उनले ३१ बलमा ३ चौका प्रहार गरे । २६ औं ओभरको तेस्रो बलमा कप्तान आरोन फिन्च ठूलो सट खेलेका फिन्च लङअनमा शिखर धवनबाट ७५ रनमा क्याच आउट भएपछि अष्ट्रेलिया १२३–४ को कमजोर अवस्थामा पुगेको थियो । फिन्चले ८२ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

युवा अलराउन्डर क्यामरन ग्रिन २७ बलमा १ चौका र १ छक्का सहित २१ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि ग्लेन म्याक्सवेल र विकेटकिपर एलेक्स केरीले ५२ रनको साझेदारी गर्दै सहज जितको सम्भावना देखाएका थिए । तर केरीले तालमेल गर्न नसक्दा विकेटकिपर लोकेश राहुलबाट ३८ रनमा रन आउट भएपछि अष्ट्रेलिया दबाबमा परेको थियो । केरीले ४२ बलमा ४ चौका प्रहार गरे ।

सातौं विकेटका लागि म्याक्सवेल र एस्टन अगरले ४१ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी गरे । भारतको जितमा शार्दुल ठाकुरले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले १० ओभरमा २ मेडन सहित ७० रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ९.३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । कुलदीप यादव र रविन्द्र जडेजाको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि मानुका ओभल क्यानबेरामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । अलराउन्डर हार्दिक पान्ड्याले ७६ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९२ रनमा अविजित रहेका थिए । जडेजा ५० बलमा ५ चौका र ३ छक्का सहित ६६ रनमा अविजित रहे । कमजोर अवस्थामा रहेको भारतलाई छैटौं विकेटका लागि हार्दिक र रविन्द्र जडेजाले १ सय ८ बलमा १ सय ५० रनको महत्वपूर्ण अविजित साझेदारी गरेका थिए ।

कप्तान विराट कोहलीले ७८ बलमा ५ चौका सहित ६३ रनको योगदान दिए । भारतले पहिलो विकेट छैटौं ओभरको पाँचौ बलमा शिखर धवनलाई ब्यक्तिगत १६ रनमा गुमाएको थियो । ओपनर सुभमन गिल र शिखर धवनले पहिलो विकेटका लागि ५.५ ओभरमा २६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर सन एबटले धवनलाई एस्टन अगरबाट क्याच गराए । धवनले २७ बलमा २ चौका प्रहार गरे । १६ औं ओभरको चौथो बलमा स्पिनर अगरले गिललाई ३३ रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । उनले ३९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कप्तान कोहली र गिलले ५६ रनको साझेदारी गर्दै इनिङ थोरै उकासेका थिए । २३ औं ओभरको चौथो बलमा स्पिनर एडम जाम्पाले श्रेयस ऐरलाई १६ रनमा मार्नस लाबुसेनबाट क्याच आउट गराएपछि भारत ११४–३ को कमजोर अवस्थामा पुगेको थियो । २६ औं ओभरको तेस्रो बलमा अगरलेनै विकेटकिपर राहुललाई ५ रनमा एलबिडब्लू आउट गर्दै पेभिलिनए फर्काए ।

३२ औं ओभरको अन्तिम बलमा कोहली क्याच बिहाइन्ड आउट हुन पुगे । जोश हेजलवुडको बलमा कोहली विकेटकिपर एलेक्स केरीबाट क्याच बिहाइन्ड आउट हुन पुगेका थिए । अष्ट्रेलियाले रिभ्यु लिँदै कोहलीलाई पेभिलिएन फर्काएको थियो । जुन समय भारत १५२–५ को अवस्थामा पुगेको थियो । हेजलवुडले कोहलीलाई ओडिआईमा लगातार चौथो पटक आउट गरेका हुन् ।

त्यसपछि भने हार्दिक र जडेजाले राम्रो साझेदारीले प्रतिस्पर्धात्मक योगफलमा पुर्याए । स्पिनर एस्टन अगरले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड, एडम जाम्पा र सन एबटले एक एक विकेट लिए ।

पहिलो खेलमा भारत ६६ र दोस्रो खेलमा ५१ रनले पराजित हुँदै सिरिज गुमाएको थियो । यी दुई देशबीच थप तीन टि२० र चार टेष्टको खेलको सिरिज छ । पहिलो टि२० शुक्रबार हुने छ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.