default_image

4 years ago

December 2, 2020

हार्दिक र जडेजा चम्कँदा अष्ट्रेलियालाई प्रतिस्पर्धात्मक लक्ष्य

101 views

0 Bookmark

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्या र रविन्द्र जडेजाको उत्कृष्ट साझेदारीमा भारतले अष्ट्रेलियालाई तेस्रो तथा अन्तिम ओडिआई खेलमा ३ सय ३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

मानुका ओभल क्यानबेरामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनायो । कमजोर सुरुवात गरेको भारतलाई दुई अलराउन्डर हार्दिक पान्ड्या र रविन्द्र जडेजाले उत्कृष्ट साझेदारीका साथ अन्त्य गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याए ।

अलराउन्डर हार्दिक पान्ड्याले ७६ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९२ रनमा अविजित रहे । जडेजा ५० बलमा ५ चौका र ३ छक्का सहित ६६ रनमा अविजित रहे । कमजोर अवस्थामा रहेको भारतलाई छैटौं विकेटका लागि हार्दिक र रविन्द्र जडेजाले १ सय ८ बलमा १ सय ५० रनको महत्वपूर्ण अविजित साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका हुन् । कप्तान विराट कोहलीले ७८ बलमा ५ चौका सहित ६३ रनको योगदान दिए ।

भारतले पहिलो विकेट छैटौं ओभरको पाँचौ बलमा शिखर धवनलाई ब्यक्तिगत १६ रनमा गुमाएको थियो । ओपनर सुभमन गिल र शिखर धवनले पहिलो विकेटका लागि ५.५ ओभरमा २६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर सन एबटले धवनलाई एस्टन अगरबाट क्याच गराए । धवनले २७ बलमा २ चौका प्रहार गरे ।

१६ औं ओभरको चौथो बलमा स्पिनर अगरले गिललाई ३३ रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । उनले ३९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि कप्तान कोहली र गिलले ५६ रनको साझेदारी गर्दै इनिङ थोरै उकासेका थिए ।

२३ औं ओभरको चौथो बलमा स्पिनर एडम जाम्पाले श्रेयस ऐरलाई १६ रनमा मार्नस लाबुसेनबाट क्याच आउट गराएपछि भारत ११४–३ को कमजोर अवस्थामा पुगेको थियो । २६ औं ओभरको तेस्रो बलमा अगरलेनै विकेटकिपर राहुललाई ५ रनमा एलबिडब्लू आउट गर्दै पेभिलिनए फर्काए ।

कोहलीले तोडे सचिनको कीर्तिमान

३२ औं ओभरको अन्तिम बलमा कोहली क्याच बिहाइन्ड आउट हुन पुगे । जोश हेजलवुडको बलमा कोहली विकेटकिपर एलेक्स केरीबाट क्याच बिहाइन्ड आउट हुन पुगेका थिए । अष्ट्रेलियाले रिभ्यु लिँदै कोहलीलाई पेभिलिएन फर्काएको थियो । जुन समय भारत १५२–५ को अवस्थामा पुगेको थियो ।

हेजलवुडले कोहलीलाई ओडिआईमा लगातार चौथो पटक आउट गरेका हुन् । त्यसपछि भने हार्दिक र जडेजाले राम्रो साझेदारीले प्रतिस्पर्धात्मक योगफलमा पुर्याए । स्पिनर एस्टन अगरले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड, एडम जाम्पा र सन एबटले एक एक विकेट लिए ।

यो पनि : कोहलीले तोडे सचिनको कीर्तिमान

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.