4 years ago
December 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी स्पिनर अञ्जली चन्दले गतवर्ष माल्दिभ्सविरुद्ध कायम गरेको अविश्वसनिय विश्व कीतिमान एक वर्ष पुगेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्स महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै थियो । नेपाली महिला टोलीले झण्डै एक वर्ष पछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको थियो । तीन महिना भन्दा बढीको बन्द प्रशिक्षणले नेपाली महिला क्रिकेटको प्रर्दशनमा धेरै सुधार आएको थियो ।
मैदानमा प्रर्दशन गर्न खेलाडी आतुर थिए । डिसेम्बर २ मा पोखरा क्रिकेट मैदानमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै थियो । उक्त खेलमा कमैले ध्यान दिएका थिए । धेरैको ध्यान काठमाडौंमा भएका खेलका प्रर्दशनतर्फ थियो । तर अञ्जलीले कीर्तिमानी प्रर्दशन गर्दै सबैको ध्यान पोखरा मैदानमा तान्न सफल भएकी थिइन् ।
माल्दिभ्सकी कप्तान जुना मरियामले टस जित्दै ब्याटिङ गर्ने निर्णय लिइन् । तर माल्दिभ्सका खेलाडी नेपाली बलिङ सामु १०.१ ओभरमा १६ रनमा अल आउट भएका थिए । माल्दिभ्सका ९ महिला ब्याटरले खाता खोल्न सकेका थिएनन् । ९ महिला ब्याटर शून्यमा आउट हुँदा रनको खाता खोल्नेमा ओपनर हम्जा नियाजले ९ र हफ्सा अब्दुल्लाहले ४ रन बनाएका थिए । स्पिनर अञ्जली चन्दले २.१ ओभरमा दुबै मेडन राख्दै ह्याट्रिक सहित ६ विकेट लिएकी थिइन् । जुन टि२० क्रिकेट इतिहासकै सर्वोत्कृष्ट प्रर्दशन बन्न पुग्यो । महिला मात्र होईन पुरुष क्रिकेटको पनि उत्कृष्ट प्रर्दशन पर्दछ ।
पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका माल्दिभ्सका महिला खेलाडीले अञ्जलीको स्पिन जादु बुझ्नै सकेनन् । अञ्जलीलाई कप्तान रुविना क्षेत्रीले सातौं ओभरमा बलिङमा ल्याउने निर्णय लिएकी थिइन् । जुन समय माल्दिभ्स १५–४ को अवस्थामा थियो । अञ्जलीले सातौं ओभरको पहिलो बल कप्तान जुना मरियामलाई डट राख्दा दोस्रो बलमा करुण भण्डारीबाट शून्यमा क्याच आउट गराइन् । तेस्रो बलमा लात्सा हसिमाथ डट राख्दा चौथो बलमा सरिता राना मगरबाट शून्यमै क्याच आउट हुन पुगिन् । पाँचौ बल सफिया सलिमलाई डट राख्दा छैटौं बलमा शून्यमा बोल्ड गरिन् ।
नेपाली टोलीमा लामो समयपछि पूनरागमन समेत गरेकी अञ्जलीले पहिलो ओभरमा तीन विकेट सहित मेडन राख्दै माल्दिभ्सलाई कमजोर अवस्थामा पुर्याएकी थिइन् । नवौं ओभरमा ईशाल इब्राहिमले अञ्जलीको सुरुवाती चार बल डट खाएकी थिइन् । तर पाँचौ बलमा पनि उनलाई कप्तान रुविनाबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काइन् । अन्तिम बलमा किनानाथ इस्माइललाई विकेटकिपर ममता चौधरीबाट स्टम्पिङ आउट गराइन् । सुरुवाती दुबै ओभर मेडन राख्दा कुनै रन खर्चेकी थिइनन् ।
११ औं ओभरमा अञ्जलीलाई ह्याट्रिकको अवसर थियो । जुन अवसर उनले चुक्न दिएनिन् । सम्मा अलीलाई पहिलो बलमै शून्यमा बोल्ड गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । ब्यक्तिगत ६ विकेट लिँदै उनले विश्व कीर्तिमान कायम गरिन् । माल्दिभ्सले अन्तिम ४३ बलमा एक रन मात्रै जोड्न सफल भएको थियो । उक्त एक रन पनि वाइडको रुपमा सामेल थियो । उक्त वाइड कप्तान रुविनाले आठौं ओभरको पाँचौ बलमा फालेकी थिइन् । १७ रनको सामान्य लक्ष्य नेपालले ५ बलमै कुनै विकेट नगुमाई जितेको थियो । नेपाल भन्दा अघि रुवान्डा र तन्जानियाले संयुक्त रुपमा ४ बलमै जित निकालेका थिए ।
अञ्जलीपछि मलेसिया मास एलिसाले सन् २०१९ जनवरीमा ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ३ विकेट लिएकी छिन् । पुरुष टि२० आईमा भारतीय तीव्र गतिका बलर दीपक चहरको नाममा छ । चहरले बंगलादेशविरुद्ध २०१९ नोभेम्बरमा ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिएका थिए । अञ्जलीको यो कीर्तिमान तोडिन अव असम्भव देखिन्छ ।
अञ्जलीले बितेको एक वर्ष थाहाँनै नपाएको बताउँछिन् । ‘कीर्तिमान बनेको एक वर्ष पनि थाहाँनै भएन । खेल पनि भएन । खुसीनै छु बीचमा खेल भएको भए अझ राम्रो हुन सक्थ्यो । उक्त विश्व कीर्तिमान पछि झन नाम कमाउछु र राम्रो खेल्छु भन्ने थियो’, दुर्भाग्य खेलनै हुन सकेन, उनले भनिन् । एपिएफबाट घरेलु क्रिकेट खेल्ने अञ्जली यस पटक भने सुदूरपश्चिमबाट प्रधानमन्त्री एकदिवसिय महिला कप खेल्ने तयारी गरि रहेकी छिन् ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा थाइल्याण्डकी कप्तानले टस जितेर ब्याटिङ रोजेकी छिन् । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्सविरूद्ध खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने उपाधी सम्भावना कायमै राख्न […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]