default_image

4 years ago

December 2, 2020

कोहलीले तोडे सचिनको कीर्तिमान

127 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ओडिआई क्रिकेटमा आफ्नो १२ हजार रन पूरा गर्दै पूर्व कप्तान सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् ।

मानुका ओभल क्यानबेरामा अष्ट्रेलियासँग तेस्रो ओडिआई जारी खेलमा कोहलीले २३ रन बनाउँदै आफ्नो १२ हजार रन पूरा गरेका छन् । कोहली यो सँगै ओडिआईमा सर्वाधिक छिटो इनिङमा १२ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् ।

कोहलीले २ सय ४२ इनिङमा सफलता हात पारेका छन् । समग्रमा ओडिआईमा १२ हजार रन जोड्ने कोहली छटौं र भारतीय दोस्रो खेलाडी पर्दछन् । ओडिआईमा १२ हजार रन श्रीलंका तीन, भारतका दुई र अष्ट्रेलिया एक ब्याट्सम्यानले बनाउन सकेका छन् ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरले ३ सय इनिङमा ओडिआईमा यस सफलता हात पारेका थिए । अष्ट्रेलिया सर्वाधिक सफल विश्वकप विजेता रिकी पोन्टिङले ३ सय १४, श्रीलंका पूर्व कप्तान कुमार सांगकाराले ३ सय ३६, सनाथ जयसूर्याले ३ सय ७९ र माहेला जयवर्धने ३ सय ९९ इनिङमा ओडिआईमा १२ हजार रन पूरा गरेका थिए । २ सय ४२ इनिङमा कोहलीले ४३ शतक र ५९ अर्ध शतक प्रहार गरेका छन् ।

ओडिआईमा सर्वाधिक रन बनाउने कीर्तिमान सचिनको नाममा छ । उनले ४ सय ६३ खेलमा ४ सय ५२ इनिङमा ब्याटिङ गर्दै ४९ शतक र ९६ अर्ध शतकका साथ १८ हजार ४ सय २६ रन बनाएका छन् । कुमार सांगकाराले ४ सय ४ खेलमा १४ हजार २ सय ३४ रन बनाएका छन् । उनले २५ शतक र ९३ अर्ध शतक प्रहार गरेका छन् ।

पोन्टिङ ३ सय ७५ खेलमा १३ हजार ७ सय ४ रन बनाएका छन् । उनको नाममा ३० शतक र ८२ अर्ध शतक सामेल छ । जयसूर्या ४ सय ४५ खेलमा १३ हजार ४ सय ३० रन बनाएका छन् । जयसूर्याले २८ शतक र ६८ अर्ध शतक प्रहार गरेका छन् । जयवर्धने ४ सय ४८ खेलमा १२ हजार ६ सय ५० रन बनाएका छन् । उनले १९ शतक र ७७ अर्ध शतक प्रहार गरेका छन् ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.