4 years ago
December 2, 2020
एजेन्सी – भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा अष्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मानुका ओभल क्यानबेरामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
भारतले आज टोलीमा चार परिवर्तन गरेको छ । भारतले टोलीमा आज तीव्र गतिका बलर टि नटराजनलाई डेब्यू गराएको छ । दुवै खेलमा खराब प्रर्दशन गरेका नवदीप सैनीको स्थानमा नटराजनलाई डेब्यू गराएको हो । आइपिएलमा सनराइजर्स हैदराबादबाट यस सिजनमा उत्कृष्ट प्रर्दशन गर्दै भारतीय टोलीमा स्थान बनाएका थिए ।
२९ वर्षिय नटराजन डेथ ओभर स्पेलिष्ट बलरको रुपमा चिनिन्छन् । त्यस्तै मयंक अग्रवालको स्थानमा सुभमन गिललाई मौका दिएको छ । दुवै खेलमा खराब प्रर्दशन गरेका स्पिनर युजभेन्द्र चहलको स्थानमा कुलदीप यादवले मौका पाएका छन् । तीव्र गतिका बलर मोहम्मद शामीको स्थानमा शार्दुल ठाकुरले मौका पाएका छन् ।
अष्ट्रेलियाले आज टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर डेविड वार्नरको स्थानमा युवा अलराउन्डर क्यामरन ग्रिनलाई डेब्यू गराएको छ । ओपनिङ मार्नस लाबुसेन र कप्तान आरोन फिन्चले गर्ने छन् । ग्रिनले चौथो नम्बरमा ब्याटिङ गर्ने छन् । ग्रिनलाई अष्ट्रेलियाको भविष्यको रुपमा हेरिएको छ । केहि क्रिकेट विज्ञहरु उनको खेल्ने शैलीमा अष्ट्रेलिया पूर्व सफल कप्तान रिकी पोन्टिङ झल्किने बताउँछन् ।
प्याट कमिन्सको स्थानमा सन एबट र मिचेल स्टार्कको स्थानमा एस्टन अगरलाई मौका दिएको छ । सुरुवाती दुवै खेलमा अष्ट्रेलिया विजयी हुँदै सिरिज जितिसकेको छ । आजको खेलमा भारत क्लिनस्विपबाट बच्न चाहन्छ ।
भारतको प्लेइङ ११ : शिखर धवन, सुभमन गिल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, जस्प्रित बुमराह र टि नटराजन
अष्ट्रेलिया प्लेइङ ११ : आरोन फिन्च (कप्तान), क्यमरन ग्रिन, स्टिभ स्मिथ, मोइसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकिपर, सन एबट, एस्टन अगर, एडम जाम्पा र जोश हेजलवुड
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]