default_image

4 years ago

December 2, 2020

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको क्लिनस्विप

132 views

0 Bookmark

एजेन्सी – विकेटकिपर जस बटलर र शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानको कीर्तिमानी ब्याटिङसँगै इंग्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन खेलको टि२० आई सिरिजमा क्लिनस्विप गरेको छ ।

क्लिनस्विपसँगै विश्व टि२० वरियतामा इंग्ल्यान्डले अष्ट्रेलियालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । तेस्रो तथा अन्तिम टि२० खेलमा ९ विकेटको सानदार जित निकाल्दै इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकामाथि सानदार क्लिनस्विप गरेको हो । जितको लागि १ सय ९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १७.४ ओभरमा १ विकेटको क्षतिमा सहजै पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा टि२० आई वरियताका शीर्षस्थानका ब्याट्सम्यान डेविड मलान ४७ बलमा ११ चौका र ५ छक्का सहित ९९ रनमा अविजित रहे । टि२० आईमा एक रनले शतक बनाउन चुक्ने उनी तेस्रो ब्याट्सम्यान पर्दछन् । जस बटलर ४६ बलमा ३ चौका र ५ छक्का सहित ६७ रनमा अविजित रहे ।

दोस्रो विकेटका लागि मलान र बटलरले १ सय ६७ रनको अविजित विश्व कीर्तिमानी साझेदारी गरेका थिए । जुन टि२० आईमा दोस्रो विकेटको लागि भएको सर्वाधिक ठूलो साझेदारी पर्दछ । ओपनर जेसन रोय १६ रनमा एलबिडब्लू आउट भए । रोयलाई तीव्र गतिका बलर एनरिच नोर्कियाले आउट गरेका थिए ।

त्यसअघि कप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । उसका लागि रास्सी भान डर डुसेन ३२ बलमा ५ चौका र ५ छक्का सहित ७४ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन ।

फाफ डु प्लेसिसले ३७ बलमा ५ चौका र ३ छक्का सहित ५२ रनमा अविजित रहे । चौथो विकेटका लागि डु प्लेसिस र डुसेनले १ सय २७ रनको अविजित साझेदारी गरेका थिए । ओपनर क्विन्टन डी कक १७, टेम्बा बभुमा ३२ र रिजा हेन्ड्रिक्स १३ रनमा आउट भए ।

इंग्ल्यान्डका बेन स्टोक्सले २ र क्रिस जोर्डनले एक विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ५ विकेट र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । मलान प्लेयर अफ द म्याच र सिरिज चुनिए ।

इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच तीन ओडिआई खेलको सिरिज पनि हुने छ । पहिलो ओडिआई शुक्रबार केप टाउनमा हुने छ । टि२० वरियतामा इंग्ल्यान्ड शीर्ष, अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छन् ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.