default_image

4 years ago

November 30, 2020

वार्नर र कमिन्स सिमित ओभरमा नखेल्ने

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाका ओपनर डेभिड वार्नर र तीव्र गतिका बलर प्याट कमिन्सले भारतविरुद्ध सिरिज अन्तरर्गत बाँकी रहेका सिमित ओभरको खेल गुमाउने भएका छन् ।

वार्नरको स्थानमा अष्ट्रेलियाले अर्का ओपनर डार्सी सर्टलाई तीन टि२० खेललाई मौका दिएको छ । वार्नर भारतविरुद्ध दोस्रो ओडिआई खेलमा फिल्डिङ गर्ने क्रममा घाइते हुन पुगेका थिए । विश्व वरियताका शीर्षक्रमका रहेका तीव्र गतिका बलर कमिन्सलाई भने भारतसँग टेष्ट सिरिजलाई मध्यनजर गर्दै विश्राम दिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । वार्नर डिसेम्बर १७ एडिलेड ओभलमा भारतसँग हुने दिन रातको टेष्टअघि फिट हुने क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

अष्ट्रेलियाले भारतसँगको तीन ओडिआई सिरिज एक खेल अगावै २–० ले जितेको छ । अन्तिम ओडिआई खेल बुधबार हुने छ । सुरुवाती दुवै खेलमा सानदार जित दिलाउन वार्नर र कमिन्स दुबैले महत्त्वपूर्ण योगदान दिएका थिए ।

पहिलो खेलमा अष्ट्रेलियालाई ६६ रनको जित दिलाउन वार्नरले ६९ रनको योगदान दिएका थिए । दोस्रो खेलमा ५१ रनको जित दिलाउन ८३ रनको योगदान दिएका थिए । कमिन्सले दोस्रो खेलमा ३ विकेट लिएका थिए । वार्नर र फिन्च उत्कृष्ट लयमा देखिदा अष्ट्रेलियाले सहजै विशाल योगफल बनाउन सफल भएको थियो ।

कमिन्स र वार्नर टेष्ट सिरिजको लागि निकै महत्वपूर्ण रहेको अष्ट्रेलिया प्रशिक्षक जस्टिन लेंगरले जनाएका छन् । ‘विशेषगरि विश्व टेष्ट च्याम्पियनसिपमा हामीलाई प्वाइन्ट निकै महत्वपूर्ण छ । त्यसैले हामीलाई टेष्ट सिरिजलाई प्राथमिकतामा राखेका हौं । कमिन्सलाई टेष्ट सिरिजको लागि विश्राम दिएका छौं । वार्नर टेष्ट सिरिज सम्म पूर्णरुपमा ठिक हुने आशा गरेका छौं’, लेंगरले भने ।

टेष्ट च्याम्पियनसिपमा अष्ट्रेलिया शीर्ष स्थानमा हुँदा भारत दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छ । टि२० सिरिजको पहिलो खेल ४ डिसेम्बर, दोस्रो ६ डिसेम्बर र तेस्रो तथा अन्तिम टि२० खेल ८ डिसेम्बरमा हुने छ ।

चार टेष्टको सिरिज १७ डिसेम्बर देखि सुरु हुनेछ । वार्नर नहुँदा आरोन फिन्चका साथ डार्सी सर्टले ओपनिङ गर्ने छन् । बायाँ हाते सर्ट ठूला सटका लागि परिचित ब्याट्सम्यान हुन् । अष्ट्रेलिया पहिलो खेलमा मार्कस स्टोइनिस पनि खुट्टामा चोट बोक्दै दोस्रो ओडिआई खेल गुमाएका थिए ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.