4 years ago
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पवन घिमिरे विश्व नेत्रहिन क्रिकेट लिमिटेडको कोषाध्यक्ष पुनः निर्वाचित भएका छन् ।
लिमिटेडको २२ औं साधारण सभामा भएको निर्वाचनमा दक्षिण अफ्रिकी मणी मथिलाललाई पराजित गर्दै कोषाध्यक्ष निर्वाचित भएका हुन् । घिमिरेले ६ र मथिलाले ३ मत प्राप्त गरेका थिए ।
नेपाल नेत्रहिन क्रिकेट संघका अध्यक्ष समेत घिमिरेले भारत, पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड र वेस्टइन्डिजका प्रतिनिधिको मत प्राप्त गरेका थिए । मोथीलाललाई अष्ट्रेलिया र न्युजिल्यान्डकाले सघाएका थिए । सन् २०१८ को साधारण सभामा पनि पवन कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
पाकिस्तानका सैद सुल्तान साह सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । दुई वर्षे कार्यकालका लागि वेस्ट इन्डिजका भवानी प्रसाद प्रथम उपाध्यक्ष, भारतीय रजनीस हेन्नरी दोस्रो उपाध्यक्ष र रेमन मोक्स महासचिवमा निर्वाचित भएका छन् ।
तेस्रो ब्लाइन्ड क्रिकेट विश्व कप २०२२ मा भारतमा हुने भएको छ । २०२१ मा नेपाल, भारत र पाकिस्तानबीच त्रिकोणात्मक सिरिज हुने बताइएको छ । प्रतियोगिता आयोजना स्थल भने टुंगो लाग्न बाँकी रहेको बताइएको छ । विश्व क्रिकेट लिमिटेडमा विश्वका १० पूर्ण सदस्य छन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]