default_image

4 years ago

November 30, 2020

क्रिकेट टोलीको सहायक प्रशिक्षकमा कटवाल

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणलाई नेपाल क्रिकेट क्रिकेट संघ (क्यान) ले सहायक प्रशिक्षकमा पूर्व क्रिकेटर मनोज कटवाललाई जिम्मेवारी दिएको छ ।

आगमी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै क्यानले बिहिबार देखि बन्द प्रशिक्षण थालेको छ । प्रमुख प्रशिक्षकमा जगत टमटा रहँदा सहायक प्रशिक्षकमा नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक समेत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व क्रिकेटर कटवाललाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

कटवालको प्रशिक्षकमा नेपाल पुलिस क्बलले एक दर्जन भन्दा बढी उपाधि जितेको छ । उनकै प्रशिक्षकमा पुलिसले गत वर्ष प्रधानमन्त्री एक दिवसिय कपको उपाधि जितेको थियो । सन् २०६२ देखि नेपाल पुलिसबाट खेल्न थालेका कटवाल २०६७ सालमा प्रशिक्षण समालेका थिए । विकेटकिपर कटवालले यू१७ हुँदै सन् २००० देखि २००६ सम्म नेपाली राष्ट्रिय टोली प्रतिनिधित्व गरेका थिए ।

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) चितवन राइनोजले अपराजित रहँदै उपाधि जित्दा कटवाल प्रशिक्षक थिए । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेन र धनगढी प्रिमियर लिग (डिपिएल) मा धनगढी स्टार्सको प्रशिक्षको रुपमा काम गरि सकेका छन् ।

क्यानले बन्द प्रशिक्षणमा सुरुमा २२ र पछि थप पाँच गरि कुल २७ जनालाई प्रशिक्षणमा बोलाएको छ । जसमा कुशल मल्ल कक्षा १२ को परिक्षा सकेर प्रशिक्षणमा सामेल हुनेछन् । सन्दीप लामिछाने कोरोना सक्रमणको कारण अस्पताल भर्ना भएका छन् । उनी कोरोनालाई जितेपछि बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् । वसन्त रेग्मी पनि कोरोना संक्रमणको कारण गृहनगर भैरहवामा छन् ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.